नेकपाका महासचिव विप्लव र कञ्चनले प्रचण्डसँग भेटघाट गरे

नेकपाका महासचिव विप्लव र कञ्चनले प्रचण्डसँग भेटघाट गरे

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । भेटघाटका क्रममा महासचिव विप्लवले नयाँ सरकार बनेको सन्दर्भमा आफ्नो पार्टी र ओली सरकारबीच भएको तीनबुँदे सहमतिको स्वामित्व नयाँ सरकारले लिनुपर्ने बताएका छन् । साथै पार्टीको तर्फबाट महासचिव विप्लवले जनता र राष्ट्रका समस्याका विषयमा प्रचण्डसँग कुराकानी गरेको छन् ।

यस्तै प्रचण्डले पनि नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएका समस्याहरूको बारेमा व्याख्या गर्दै कम्युनिस्ट आन्दोलनलाई कसरी गतिदिने भन्ने विषयमा दुई पार्टीका नेताहरूबीच गम्भीर छलफल भएको छ । प्रचण्डनिवास खुमलटार काठमाडौँमा बुधबार भएको भेटघाटमा नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पनि उपस्थित थिए ।

नेकपाका महासचिव विप्लव र कञ्चनले प्रचण्डपत्नी सिता दाहालको स्वास्थ्यलाभको कामना गरेको विप्लवको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :