नेपाल कम्युनिस्ट पार्टी घोराही नगरद्वारा श्रमदान

नेपाल कम्युनिस्ट पार्टी घोराही नगरद्वारा श्रमदान

दाङ: नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत घोराही उपमहानगरपालिका कमिटीले जनश्रमदान गरेको छ ।

पार्टी निकट अखिल (क्रान्तिकारी) राप्ती ब्युरो सदस्य अनिलको कमान्डमा घोराही उपमहानगरपालिका वडा नं. १६ लेटारमा १० कठ्ठा क्षेत्रफलमा धान रोपेर श्रमदान गरिएको हो ।

घोराही उपमहानगर कमिटी सदस्य द्वय अमर खत्री र शरद खत्री तथा अखिल (क्रान्तिकारी) दाङ जिल्ला सचिव शरद खत्रीको खेतमा धान रोपाई सम्पन्न भएको हो ।

घरमूली अमर खत्री लामो समयदेखि स्वास्थ्य समस्याका कारण भेरी अस्पताल नेपालगन्जमा उपचाररत भएको हुँदा रोपाइँ गरेर सहयोग गरेको अखिल (क्रान्तिकारी) का राप्ती ब्युरो सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सदस्य एवम् घोराही १६ का इन्चार्ज अनिल केसीले जानकारी दिए । वडाले प्रत्येक महिनाको १ दिन जनश्रमदान गर्ने नीति अनुरुप श्रमदान गरिएको पनि इन्चार्ज अनिलले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :