मुख्यमन्त्री कार्यालयअगाडि क्रान्तिकारीको प्रदर्शन

मुख्यमन्त्री कार्यालयअगाडि क्रान्तिकारीको प्रदर्शन

कैलाली : अखिल (क्रान्तिकारी) कैलालीले महँगी र कालोबजारीका विरुद्ध कैलालीको धनगढीस्थित मुख्यमन्त्रीको कार्यलयअगाडि प्रदर्शन गरेको छ ।

मुख्यमन्त्रीको कार्यालयअगाडि भएको कार्यक्रमलाई अखिल (क्रान्तिकारी ) का जिल्ला संयोजक सुवासकिरण जोशीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले सरकारकै संरक्षणमा महँगी र कालोबजारी मौलाएको, दिन–प्रतिदिन पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनताको दैनिकी निकै दर्दनाक भएकाले दैनिक उपभोग्य वस्तुलगायत सबैमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरे । मूल्यवृद्धि खारेज नगरिए नालायक, भ्रष्ट, कमिसनखोर सरकारका विरुद्ध कडा सङ्घर्ष गर्न बाध्य हुने चेतावनी उनले दिए ।

यस्तै दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्नुपर्ने, किसानहरुलाई उचित मूल्य निर्धारण गर्नुपर्ने, निजी शैक्षिक संस्थाले गरेको मनपरी शुल्क वृद्धि तत्काल फिर्ता लिनुपर्ने, शिक्षामाथिको कर हटाउनुपर्ने, शिक्षक र विद्यार्थीलाई कोरोनाको खोप तत्काल व्यवस्था गरी शैक्षिक सत्र सुरु गर्नुपर्ने, पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने र महिला हिंसाको घटनामा संलग्न दोषीलाई कानुनी दायराभित्र ल्याउनुपर्ने विषयमा उनले जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :