सरकारी भ्रष्टाचारका विरुद्ध लाग्न नेकपाको निर्देशन

सरकारी भ्रष्टाचारका विरुद्ध लाग्न नेकपाको निर्देशन

काठमाडौँ : नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं इन्चार्ज प्रज्वल र केन्द्रीय सदस्य भृकुटीको विशेष उपस्थिथिमा शङ्खरापुरमा राजनीतिक-वैचारिक प्रशिक्षण सम्पन्न भएको छ ।

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि प्रज्वलले पार्टी केन्द्रीय समितिका कार्यक्रमहरू कार्यान्वयन गर्न प्रशिक्षणमा सहभागी सम्पूर्णलाई निर्देशन दिए । स्थानीय सत्ता भ्रष्टाचारमा लिप्त भएको अवस्थामा पार्टीका कार्यकर्तालाई जनतामाझ प्रत्यक्ष जोडिन पनि उनले निर्देशन दिए ।

वैज्ञानिक समाजवादका बारेमा जनतालाई सन्देश पुर्याउनुपर्ने उनले बताए । कार्यकर्तालाई उत्पादनमा जोड दिँदै श्रममा लाग्न पनि प्रज्वलले निर्देश गरे ।

प्रशिक्षणमा काठमाडौं जिल्लाकी पूर्वसेक्रेटरी भृकुटीले शङ्खरापुरलाई काठमाडौँको अधार क्षेत्रका रूपमा विकास गर्न थुप्रै आधार भएकाले कार्यकर्ता लाग्नुपर्ने बताइन् ।

प्रशिक्षण कार्यक्रम शङ्खरापुर सेक्रेटरी दोर्जेले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :