महासचिव विप्लवले सुदर्शनलाई अस्पतालमा भेटे

महासचिव विप्लवले सुदर्शनलाई अस्पतालमा भेटे

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् । मङ्गलबार सहिद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँमा पुगेर महासचिव विप्लवले नेता सुदर्शनको स्वास्थ्य अवस्थामा जानकारी लिएका हुन् । भेटमा महासचिव विप्लवले सुदर्शनसँग वर्तमान राजनैतिक अवस्था बारेमा छोटो कुराकानी गरेका थिए ।

तत्कालिन नेकपाको मध्य केन्द्रीय कमान्डको जिम्मेवारीमा रहेको बेला २०७५ चैत ९ गते काभ्रेको खानीखोलाबाट गिरफ्तार परेका सुदर्शन बिरामी परि गङ्गालाल अस्पतालमा भर्ना भएका हुन् । फरक राजनैतिक आस्थाका कारण हाल नक्खु कारागारमा बन्दी बनाइएका सुदर्शन एक हप्ता अगाडि बिरामी परेको र उनलाई शुक्रबार गङ्गालाल हृदयरोग केन्द्रमा पुर्याएर उपचार थालिएको थियो । उनको स्वास्थ्यमा खासै सुधार नभएपछि उनलाई आइतबार सधन कक्षमा लगेर उपचार थालिएको छ । उनको उपचारमा सङ्लग्न चिकित्सकहरूका अनुसार शुक्रबार सम्ममा सुदर्शनको स्वास्थ्य अवस्थाको बारेमा एकिन जानकारी हुनेछ ।

विगत १५ बर्षदेखि मुटु, प्रेसर, सुगर, कोलेस्टेरोल र प्रोस्टेटको औषधी सेवन गरिरहेका नेता सुदर्शनको पछिल्लो समय स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएको भन्दै उनको परिवारजन र नेताकार्यकर्ता समर्थक शुभचिन्तकहरूले रिहाइको माग गरेका छन् ।

सुदर्शनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’  लगायतका नेताहरू अस्पताल पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :