जनपत्रकार सङ्गठन, नेपालद्वारा थापाप्रति श्रद्धाञ्जली व्यक्त

जनपत्रकार सङ्गठन, नेपालद्वारा थापाप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार सङ्गठन, नेपालले राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य प्रकाश थापाको बुवा भिमबहादुर थापाको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

जनपत्रकार सङ्गठन, नेपालका संयोजक शेरबहादुर विश्वकर्माले सोमबार शोक वक्तव्यमार्फत बडिकेदार गाउँपालिका ५ डोटीका ६५ बर्षीय बुवा भिमबहादुर थापाको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जलीसहित दुःख व्यक्त गरेका छन् । साथै शोकाकुल परिवारजनप्रति धैर्यधारणको कामनासहित हार्दिक समवेदना प्रकट गरेका छन् ।

संयोजक शेरबहादुर विश्वकर्माले शोक वक्तव्यमा भनेका छन्, ‘हाम्रो जनपक्षीय एवम् श्रमजीवी पत्रकारहरूको गौरवशाली सङ्गठन ‘जनपत्रकार सङ्गठन नेपाल’ का राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य प्रकाश थापा (बडिकेदार गाउँपालिका ५ डोटी) का ६५ बर्षीय बुवा भिमबहादुर थापाको आज असामयिक निधन भएकोले उहाँप्रति हार्दिक श्रद्धाञ्जलीसहित दुःख व्यक्त गर्दछौँ । साथै उहाँको परिवारजनप्रति धैर्यधारणको कामनासहित हार्दिक समवेदना प्रकट गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :