बाँकेमा शिक्षक महासङ्घको अन्तरक्रिया

बाँकेमा शिक्षक महासङ्घको अन्तरक्रिया

नेपालगन्ज : नेपाल शिक्षक महासङ्घले बाँकेमा आफ्ना मागबारे छलफल गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, संवैधानिक राष्ट्रिय शिक्षा आयोग गठन गर्नुपर्ने, शिक्षा ऐनमा एकरूपता हुनुपर्नेलगायत माग राखेर आन्दोलन गरिरहेको महासङ्घले आफ्ना माग प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।

पवनकुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका सदस्य दोर्ण वली थिए । कार्यक्रमका विशिष्ट अतिथि नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिकी महिला सदस्य गणेशा कार्की थिइन् ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज दीपक चलाउने, शिक्षक इन्चार्ज अकलबहादुर बमका साथै काङ्ग्रेस र माओवादी केन्द्रका प्रतिनिधिले शिक्षकका मागहरू तत्काल पूरा हुनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :