नेकपा दार्चुलाद्वारा ‘जनतासँग पार्टी’ अभियानको उद्घाटन

नेकपा दार्चुलाद्वारा ‘जनतासँग पार्टी’ अभियानको उद्घाटन

लेकम : नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले ‘जनतासँग पार्टी’ अभियानको उद्घाटन गरेको छ । लेकम गाउँपालिकामा सोमबार उक्त अभियानको उद्घाटन गरिएको हो ।

जनसम्बन्धलाई सुदृढ र सङ्गठनलाई बिस्तार गर्दै क्रन्तिकारी पार्टी निर्माणको उद्देश्यसहित अभियानको नेतृत्व जिल्ला सेक्रेटरी भरत मल्ल ‘सुवास’ ले गरेका छन् भने अभियानमा जगदिश जोशी, जीवन जोशी, करन सार्की, गौतम जोशी, चन्द्रदेव जोशी, पुष्पराज जोशी, मझानन्द जोशी, करनाकर जोशी, दिपकराज जोशी, रामदत्त जोशी, रमेश भाट, हरिसिद्ध भाट र खोमराज भाट सहभागी भएको जिल्ला सेक्रेटरी सुवासले ई–रातोखबरलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :