जनगणतान्त्रिक सम्पर्क मञ्चको संयुक्त रुपमा वैठक सम्पन्न

जनगणतान्त्रिक सम्पर्क मञ्चको संयुक्त रुपमा वैठक सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समिति अन्तगत तीनवटा सम्पर्क मञ्चको संयुक्त रुपमा वैठक सम्पन्न भएको छ ।

प्रतिबन्धपछि सिन्धुली-काठमाडौँ, खोटाङ-काठमाडौँ र सुनसरी-काठमाडौँ सम्पर्क मञ्चको पहिलो वैठक मञ्चको केन्द्रीय कार्यालय अनामनगरस्थित देबिनगरमा सम्पन्न भएको हो ।

सिन्धुली-काठमाडौँ सम्पर्क मञ्चको १५ सदस्यीय सुनिल लामाको अध्यक्षतामा, खोटाङ-काठमाडौँ सम्पर्क मञ्चको ११ सदस्यीय अनिल राइको अध्यक्षतामा र सुनसरी-काठमाडौँ सम्पर्क मञ्चको ७ सदस्यीय लालबहादुर थापामगरको अध्यक्षतामा वैठक सम्पन्न भएको छ ।

तीनवटै कार्यक्रमका प्रमुख अतिथि जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष कमानसिंह रहेका थिए भने अतिथिहरू जनगणतान्त्रिक सम्पर्क मञ्चका महासचिव पुर्ण श्रेष्ठ, सचिवहरू सुशील बलम्पाकी, खेम प्रधान र कोषाध्यक्ष निश्चल थापा रहेका थिए ।

उक्त कार्यक्रममा केन्द्रीय अध्यक्ष कमानसिंहले जतिसुकै अप्ठ्यारो परिथिस्ति आएपनि सङ्गठनलाई इमानदारिता, कर्मनिष्ठापूर्णका साथ अगाडि बढाउने साथै सम्पर्क मञ्चसँग जोडिन पुगेका ७४ जिल्लासँग जोडी सङ्गठन विस्तार गर्ने बताए । त्यसैगरी तीनवटै जिल्ला अध्यक्षले आआफ्नो जिल्लासँग जोडी जिल्लाबाट आइबसेका जिल्ला बासीहरूको हरेक समस्याहरू समाधान गर्दै जाने र सङ्गठनलाई विस्तार गर्ने सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :