महासचिव विप्लवद्वारा सुदर्शनको स्वास्थ्यलाभको कामना

महासचिव विप्लवद्वारा सुदर्शनको स्वास्थ्यलाभको कामना

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सचिवालय सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ को शिर्घ स्वास्थ्यलाभको कामना गरेका छन् । आइतबार बिहान नेता सुदर्शनसँग फोनमा कुरा गर्दै विप्लवले उहाँको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

मुटुको समस्याका कारण सहिद गङ्गालाल हृदय केन्द्रमा नेता सुदर्शनको उपचार भइरहेको छ । उहाँको इको जाँचका क्रममा रिपोर्टमा डिसेवल देखाएपछि आइतबारदेखि सिसियुमा उपचार थालिएको छ ।

सुदर्शनलाई साइलेन्ट ‘हर्ट-अट्याक’ भएपछि गत शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो । सुगर, प्रोस्टेट, कोलेस्ट्रोल, प्रेसर र मुटुरोगबाट पीडित सुदर्शन लामो समयदेखि औषधी सेवन गरिरहेका थिए । एक हप्ता अगाडि नै स्वास्थ्यमा समस्या देखिएपछि कारागारमै स्वास्थ्य जाँच भएको र गङ्गालाल हृदय केन्द्रमा कारागारका डाक्टरले रिफर गरेको थियो ।

नेता सुदर्शन जनयुद्ध कालमा ३ बर्ष र पछिल्लो प्रतिबन्धको समय यता २ बर्ष ४ महिनादेखि जेल जीवन बिताइरहेका छन् । सरकारले नेकपासँग गरेको तीनबुँदे सहमति कार्यान्वयन नगर्दा नेता सदर्शनसहित दर्जनौँ नेता कार्यकर्ता जेलमै छन् । नेकपाले सहमति कार्यान्वयन गर्न ध्यानाकर्षणसमेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :