नेकपाद्वारा काठमाडौँको महानगरमा धान रोपाइँ सम्पन्न

नेकपाद्वारा काठमाडौँको महानगरमा धान रोपाइँ सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला समिति अन्तरगत काठमाडौँ महानगर समितिले एकल महिलाको खेतबारीमा धान रोपाइँ सम्पन्न गरेको छ । आर्थिक अभाव र श्रमशक्ति नभएकाहरूलाई सहयोग गर्दै आएका नेकपाका नेता कार्यकर्ताले एकल महिला भगवती कोइरालाको खेतबारीमा रोपाइँ गरेका हुन् ।

काठमाडाैँ महानगर कमिटी इन्चार्ज अबिरलको नेतृत्वमा असार २५ र २६ गते कोइरालाको नाकढुङ्गास्थित खेतबारी रोपाइँ गरिएको नेकपाले जनाएको छ । महानगर इन्चार्ज अबिरलले एकल महिला भगवती कोइरालाको घरमा श्रमशक्ति नभएको र आर्थिक अभावका कारण समयमै धान रोपाइँ हुन नसकेर खेत बाँझो रहेको जानकारी पाएपछि आफूहरुले सहयोग गरेको बताए ।

उक्त धान रोपाइँ कार्यक्रममा नेकपा महानगर समिति इन्चार्ज अविरल चन्द, नागार्जुन इन्चार्ज गणेश, महानगर समिति कार्यालय सचिब सङ्घर्ष, पार्टी एसियम अदृश्य, राजु, बविन लगायत स्थानीय जनताहरूको समेत सहभागिता रहेको थियो ।

अहिले देशभर नेकपा नेता कार्यकर्ता श्रमशक्ति नभएकाहरूलाई सहयोग गर्नुको साथै पार्टीलाई आन्मनिर्भर बनाउन बाँझो जमिनमा धान रोपाइँ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :