नेकपा गुल्मीले पहिरो पीडित परिवारलाई राहत प्रदान गरे

नेकपा गुल्मीले पहिरो पीडित परिवारलाई राहत प्रदान गरे

गुल्मी : नेपाल कम्युनिस्ट पार्टी गुल्मीले पहिरो पीडित परिवारलाई राहत वितरण गरेको छ । शनिबार रेसुङ्गा नगरपालिका–१०, सिमिचौरका बेदुराम विकको परिवारलाई घरमै पुगेर नेकपाले राहत प्रदान गरेको हो ।

विकको परिवारलाई दैनिक अति आवश्यक पर्ने खाद्यन्य दाल, चामल, नुन, तेल प्रदान गरिएको वसन्त गैरेले जानकारी दिए । गत असार २३ गते घरमाथिबाट खसेको पहिरोले विकको घरमा पूर्णरुपमा क्षति पुर्याएपछि ७ जनाको पविार रहेका उनीहरू आफन्तकोमा आश्रय लिएर बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :