कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

काठमाडौँ : ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो ।

माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गरेको गोल नै निर्णायक बन्यो । यससँगै कप्तान लियोनल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भएका छन् ।

यस अघि अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको थियो भने ब्राजिलले पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :