नेकपा दाङद्वारा गुरुङ परिवारलाई घर वायरिङका सामाग्री सहयोग

नेकपा दाङद्वारा गुरुङ परिवारलाई घर वायरिङका सामाग्री सहयोग

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत तुलसीपुर नगर कमिटीले विपन्न परिवारलाई घर वायरिङका सामाग्री सहयोग गरेको छ ।

तुलसीपुर उप-महानगरपालिका वडा नं. २ भमके (घोरबण्डा) निवासी अति विपन्न दलबहादुर गुरुङ परिवारलाई घर वायरिङका सामाग्री सहयोग गरिएको हो । आर्थिक रुपले अत्यन्त कमजोर गुरुङ परिवारको घरमा बत्तीसमेत बलिरहेको थिएन त्यही दयनीय अवस्था देखेर घर वायरिङका सामाग्री सहयोग गरिएको नेकपा तुलसीपुर नगर इन्चार्ज विकाशले बताए ।

घर वायरिङका सामाग्रीहरू तार, होल्डर, वल्व, स्वीच लगायतका सामाग्री सहयोग गरिएको थियो ।

घर वायरिङका सामाग्री सहयोग तुलसीपुर उप-महानगरपालिका–१२ क्वागी निवासी नेपाल कम्युनिस्ट पार्टी दाङका पार्टी सदस्य ज्योती प्रसाद रोकाले गरेको कार्यक्रममा सहभागी अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अमर खड्काले बताए ।

नेपाल कम्युनिस्ट पार्टी दाङ यतिबेला विपन्न परिवारको घर निर्माण, जनश्रमदान र उत्पादनशील कार्यमा निरन्तर जुटिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :