नेकपा बाँकेद्वारा रक्तसञ्चार केन्द्र कोहलपुरमा रक्तदान

नेकपा बाँकेद्वारा रक्तसञ्चार केन्द्र कोहलपुरमा रक्तदान

कोहलपुर : नेपाल कम्युनिस्ट पार्टी बाँकेले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार नेपालगञ्ज मेडिकल कलेज नजिक दशबिगाहमा रहेको रक्तसञ्चार केन्द्र बाँके शाखा कार्यालय कोहलपुरमा रक्तदान कार्यक्रम गरिएको हो ।

कोरोना महामारीपछि पछिल्लो समय केही दिन यता बाँके जिल्लामा भएको रगतको चरम अभावलाई मध्यनगर गर्दै रक्तदान गरिएको नेकपा बाँकेले “वैज्ञानिक समाजवादका लागि स्वयम्सेवक अभियान’’ अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको नेकपाले जनाएको छ ।

जिल्लामा बिरामीहरूलाई आवश्यक रगत अभाव भएको जानकारी रेडक्रसले गरेपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको बाँकेका जिल्ला सेक्रेटरी अनिलले जानकारी दिए ।

आफ्नो पार्टीले विगतदेखि नै जनसेवाका कामहरू निरन्तर गर्दै आइरहेको र आगामी दिनहरूमा पनि अभियानात्मक रूपमा निरन्तर सेवामूलक कामहरू गर्दै जाने उनले जानकारी दिए ।

रक्तान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सरकारसँगको वार्ता टोली सदस्य, हाल बाँके बर्दिया जिल्ला इन्चार्जसमेत रहेका उदयबहादुर चलाउने ‘’दिपक’, बाँके जिल्ला सेक्रेटरी अनिल, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य प्रेमबहादुर शाही, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य बिष्णु जिसी, अखिल (क्रान्तिकारी) बाँके जिल्ला अध्यक्ष डिबी शाही, अनेमसङ्घ क्रान्तिकारी जिल्ला अध्यक्ष कल्पना रोकाय, युवा सङ्गठन नेपाल जिल्ला अध्यक्ष दिपक बुढाथोकी लगायतका नेता कार्यकर्ता तथा समर्थक शुभचिन्तकको सहभागिता रहेको थियो ।

नेकपाले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ४५ पिन्ट रगत सङ्कलन भएको रक्तसञ्चार केन्द्र बाँके अन्तर्गतको कोहलपुर शाखा प्रमुख राजेन्द्र महतराले जानकारी दिए । पछिल्लो समय रक्तसञ्चार केन्द्रमा भएको रगतको चरम अभाव भएको समयमा नेकपाले आयोजना गरेको रक्तदान कार्यक्रमले ठुलो राहत प्रदान गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :