प्रकाण्डद्वारा नेता सुदर्शनसँग भेटघाट, स्वास्थ्य लाभको कामना

प्रकाण्डद्वारा नेता सुदर्शनसँग भेटघाट, स्वास्थ्य लाभको कामना

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले उपचाररत नेता हेमन्तप्रकाश ओलीको स्वास्थ्य स्थितिको जानकारी लिँदै स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् । काठमाडौँको सहिद गङ्गालाल हृदयरोग केन्द्रमा शुक्रबारदेखि भर्ना गरिएका सुदर्शनलाई विगत २८ महिना अघिदेखि राज्यले नख्खु जेलमा विभिन्न मुद्दा लगाउँदै राखेको छ ।

सरकर र नेकपाबीच भएको तीनबुँदे सहमतिको कार्यान्वयन नभएकोले सरकारले यथाशीघ्र सहमति कार्यान्वयनतर्फ अगाडि बढ्न प्रवक्ता एवम् वार्ता टोली संयोजकसमेत रहेका प्रकाण्ड र नेकपा सचिवालय सदस्य कञ्चनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग असार २० गते संयुक्त भेटघाट तथा छलफलमा ध्यानाकर्षण समेत गराइसकेका छन् ।

शनिबार भएको भेटघाटमा बन्दी रिहाई सम्बन्धी भएको प्रयत्न र प्रगतिबारे प्रवक्ता प्रकाण्ड र नेता सुदर्शनबीच कुराकानी समेत भएको छ । सुदर्शनको स्वास्थ्य स्थिति सुधारउन्मुख रहेको प्रवक्ता प्रकाण्डले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :