रिब्दीकोटमा अखिल (क्रान्तिकारी) र दलित मुक्ति मोर्चाको समिति गठन

रिब्दीकोटमा अखिल (क्रान्तिकारी) र दलित मुक्ति मोर्चाको समिति गठन

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को रिब्दिकोट वडा नम्बर ५ कुसुम खोला गाउँ इकाई समिति गठन भएको छ । निता विकको अध्यक्षतामा ७ सदस्यीय गाउँ इकाई समिति चयन भएको हो ।

यस्तै दलित मुक्ति मोर्चा, नेपालको पनि इकाई समिति गठन भएको छ । उक्त समितिमा भिमा कुमारी विकको नेतृत्वमा ५ सदस्यीय समिति गठन भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी पाल्पाले जनसेवा, जनश्रमदान र जनअभियानको शिलशिलामा उक्त रिब्दीकोट वडा नं.५ कुसुम खोलामा गाउँ स्तरीय जनवर्गीय सङ्गठन गठन गरेको हो ।

उक्त अभियानमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव प्रभात, नेपाल कम्युनिस्ट पार्टीका रिब्दिकोट गाउँपालिका इन्चार्ज आकाश, दलित मुक्ति मोर्चा, नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नीरबहादुर विक ‘निशान’ लगायतका जिल्ला स्तरीय पार्टी एवम् जनवर्गीय सङ्गठनका नेता कार्यहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :