अखिल (क्रान्तिकारी) द्वारा अत्तरियामा विरोध प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा अत्तरियामा विरोध प्रदर्शन

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलालीले शैक्षिक बिकृति बिसङ्गतिका विरुद्ध कैलालीको अत्तरियामा बिहीबार प्रदर्शन गरेको छ ।

अत्तरियामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य बबरजङ्ग सिहंले सरकारले देशमा बिभेदकारी शिक्षा नीतिलाई तत्काल हटाउनुपर्ने, शिक्षा सबैको सहज पहुँचमा हुनुपर्ने, धनी गरिब छुत्याउने वर्ग विभेदकारी शिक्षा तत्काल खारेज गर्नुपर्ने बिषयमा जोड दिनुपर्ने बताए ।

यस्तै निजी शैक्षिक संस्थाले गरेको मनपरि शुल्क वृद्धि तत्काल फिर्ता लिनुपर्ने, शिक्षामाथिको कर हटाउनुपर्ने, स्थगित भएका सबै परीक्षाहरू स्वास्थ्य मापदण्ड अपनाई सुचारु गर्नुपर्ने, शिक्षक र विद्यार्थीलाई कोरोना खोपको तत्काल व्यवस्था गरि शैक्षिकसत्र सुचारु गर्नुपर्ने, साथै सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने र महिला हिंसाको घटनामा सङ्लग्न दोषीलाई कानुनी दायराभित्र ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :