जनपत्रकार सङ्गठन नेपाल अर्घाखाँचीको अध्यक्षमा अयान विक

जनपत्रकार सङ्गठन नेपाल अर्घाखाँचीको अध्यक्षमा अयान विक

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार सङ्गठन नेपाल अर्घाखाँचीको चौथो जिल्ला सम्मेलन सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी खेम घर्तीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेता घर्तीले पत्रकारीता रुपान्तरण परिवर्तनको माध्यम भएकोले पत्रकारले समाजमा घटेका घटना, अन्याय, अत्यायार र भ्रष्टाचार लगायतका विषयमा आवाज बुलन्द गरी नागरिकलाई सुसूचित गनुपर्ने बताउँदै श्रमजीवी जनताको पक्षमा जनपत्रकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । यस्तै जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय सदस्य अनिल नेपालीले वर्तमान सरकारले प्रेस स्वतन्त्रता नागरिकको स्वतन्त्रतालाई कुन्ठित गनु दुःखद् भएको बताउँदै सबै मिलेर प्रतिबादत गनुपर्ने, पत्रकारले खोज पत्रकारीतालाई ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका भुमिकास्थान नगरपालिका सन्धिखर्क नगरपालिका इन्चार्ज नविन खड्का, नेकपा नेता गोविन्द खनाल, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष बाबुराम नेपाली, उपाध्यक्ष पदम नेपाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्मेलनले अयान विकको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको छ । जसको उपाध्यक्ष प्रकाश भुसाल, सचिव सरु सुनार, सह-सचिव महेश भुसाल, कोषाध्यक्ष गणेश नेपाली रहेको १५ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :