नेपाल कम्युनिस्ट पार्टी दाङले सुरु गर्यो धान रोपाइँ

नेपाल कम्युनिस्ट पार्टी दाङले सुरु गर्यो धान रोपाइँ

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले घोराही उप-महानगरपालिका ढिकपुर–९ अस्परीमा ४ बिघा जमिनमा धान रोपाइँ सुरु गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी देशव्यापी रुपमा उत्पादनमा सक्रिय भइरहेको बेला नेकपा दाङले पनि कुल ७ बिघा जमिनमा धान उत्पादन गर्न लागेको जिल्ला उत्पादन विभाग प्रमुख किरणले बताए । उनले पार्टीले श्रम र समयसँग एकाकार हुँदै पार्टीका नेता–कार्यकर्ताले उपभोग गर्ने उद्देश्य रहेको बताए ।

धान रोपाइँमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल, नेकपा दाङ जिल्ला विशेष कमिटी सदस्य सम्झना, घोराही उप-महानगरपालिका इन्चार्ज तिलक, पूर्व दाङ जिल्ला सेक्रेटरी गणेश, राष्ट्रिय जागरण मञ्चका केन्द्रीय सदस्य मङ्गल, पार्टी निकट जवस मोर्चाका नेता–कार्यकर्ता लगायत स्थानीय बासिन्दाहरूको व्यापक सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :