मूल्यवृद्धि र सुजाता हत्याकाण्डविरुद्ध विराटनगरमा प्रदर्शन

मूल्यवृद्धि र सुजाता हत्याकाण्डविरुद्ध विराटनगरमा प्रदर्शन

मोरङ : नेपाल कम्युनिस्ट पार्टी निकट १२ जनवर्गीय सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन र चितवनको रत्ननगर नगरपालिकाकी २३ वर्षीया सुजाता भण्डारीको हत्याको सत्यतथ्य छानबिन गर्न माग गर्दै संयुक्त विरोध प्रदर्शन तथा खबरदारी गरेका छन् । प्रदर्शनकारीले दलाल संसदीय व्यवस्थाको नाटकीय राजनीतिको पनि चर्को विरोध गर्दै मोरङको विराटचोकमा प्रदर्शन गरिएको हो ।

कार्यक्रमका प्रमुख वक्ता युवा सङ्गठन नेपाल मोरङका संयोजक आकाश थिए । कार्यक्रमको सञ्चालन पार्टी निकट मजदुर सङ्गठन मोरङका संयोजक भानु प्रदेशीले गरेका थिए ।

प्रमुख वक्ता आकाशले सम्बोधन गर्दै भने, ‘हामीले सरकार र संविधान परिवर्तन गर्नुपर्छ भनेकै होइन । हामीले त सिङ्गै व्यवस्था असफल भएकाले यो व्यवस्था नै बदल्नुपर्छ भनेका हौँ । दिनप्रतिदिन अनैतिक घटनाहरु, नारी हिंसा, जातीय विभेदका विभिन्न अराजक गतिविधि राज्यकै मातहतमा भइरहेका छन् । अनैतिक गतिविधि हुनुको कारण दलाल संसदीय व्यवस्था हो । यसलाई बदलेर वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :