नेकपा बर्दियाले तीन बिघा जग्गामा उत्पादन गर्दै

नेकपा बर्दियाले तीन बिघा जग्गामा उत्पादन गर्दै

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी बर्दियाले जिल्लाको बढैयाताल गाउँपालिकामा तीन बिघा बाँझो जमिनमा धान रोपाइँको लागि उत्पादन गर्न लागेको छ ।

नेकपाले पछिल्लो समय उत्पादन कार्यमा देशभर तीब्र बनाइरहेको बेला बर्दिया जिल्लाले पनि उत्पादन कार्यलाई जोड दिएको छ । यसैगरी नेकपा बर्दिया जिल्लाका निवर्तमान इन्चार्ज तथा विशेष समिति सदस्य हिमशिखरको नेतृत्वमा बाँसगढी नगरपालिका इन्चार्ज शक्ति, बढैयाताल गाउँपालिका इन्चार्ज रमेशलगायतले रोपाइँ गर्न निरन्तर खेतमा खटिरहेका छन् ।

जसमा पार्टीका जिल्ला तहका र गाउँ कमिटी तहका नेता कार्यकर्ता तथा विभिन्न जवसका सदस्यहरूको प्रत्यक्ष उपस्थितिमा करिब तीन बिघा जग्गामा ट्याक्टरमार्फत खनजोत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :