कमरेड

कविता

कमरेड

हेलो कमरेड
उठ्नुहोस्
किन ? लुत्रनु भएको
यो लुत्रने समय हैन
हामी लुत्रे भयौँ भने
हाम्रो वर्गले सधैँ लुत्रिनु पर्नेछ ।

कमरेड सुन्नु भएन
उठ्नुहोस्, सबैलाई उठाउनुहोस्
हाम्रो सपना सुतेर हैन
उठेर पूरा हुन्छ
उठेर मात्र हैन
हिडेर पूरा हुन्छ ।
हिडेर मात्र हैन
दौडेर पूरा हुन्छ
दौडेर मात्र हुँदैन
गन्तव्यमा पुग्नुपर्छ ।
हामी सुत्न लाग्यौँ भने
हामीलाई सधैँ सुताइरहने छन् ।

कमरेड निस्किनुहोस् !
किन ? अँठिनु भएको
हामी अँठियौँ भने
हाम्रा सन्तानलाई
पुस्तौँ पुस्तासम्म
अँठाइरहनेछन् ।

कमरेड हेर्नुहोस् त ?
अकम्पित कालो पहाड
कम्पितशिर हुँदै छ
यो अकस्मात् हैन
हाम्रा पाइलाहरूका
चाल थाहा पाएर हो ।

निराकाङ्क्षा भएर
बस्नु भएका कमरेडहरू पनि
एकपटक जुरमुराउनुहोस्
पुरानो घरको विकल्पमा
नयाँ घरको निर्माण गर्न
पुरानो घरले हामीलाई
संरक्षण र रक्षा गर्न सक्दैन
सबैले चाहेको
आजसम्म बस्न नपाएको
घरमा बस्ने सबैको
इच्छाशक्तिलाई बढायौँ ।
पुरानो घरलाई
रङ्गरोगन गर्न नलागौँ ।

(लेखक : नेकपा जिल्ला कमिटी सदस्य तथा अखिल (क्रान्तिकारी) जुम्लाका संयोजक  हुन् ।) २२ असार, २०७८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :