अखिल (क्रान्तिकारी) का क्याम्पस अध्यक्ष केसी २६ महिना पछि रिहा

अखिल (क्रान्तिकारी) का क्याम्पस अध्यक्ष केसी २६ महिना पछि रिहा

काठमाडौँ : विगत २६ महिनादेखि जेलमा रहेका अखिल (क्रान्तिकारी) का त्रिचन्द्र क्याम्पस अध्यक्ष रबिन केसी रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशमा केसी सोमबार २६ महिना पछि रिहा भएका हुन् । केसीको पक्षमा बरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कपिलचन्द्र पोखरेल, खिमानन्द अधिकारी र कान्तीराम ढुंगानाले बहस गरेका थिए ।

जेठ १२ गते गिरफ्तार भई हिरासतमा रहेका केसीलाई काठमाडौँमा रहेको भद्र बन्दीगृह र पछि केन्द्रीय कारागार सुन्धारामा राखिएको थियो । २०७६ जेठ १२ मा घट्टेकुलोमा भएको बम बिस्फोटमा घाइते भएका विद्यार्थी नेता केसीलाई बिस्फोटक मुद्दामा जेल चलान गरिएको थियो ।

उनको छाती र खुट्टामा चोट लागेको थियो । घाइते अवस्थामै प्रहरीे निगरानीमा केहि दिन काठमाडौँस्थित ट्रमा सेन्टरको आकस्मिक कक्षमा राखेर उपचार गरिएको थियो । सोही बिस्फोटनमा परी विद्यार्थी नेता प्रज्जवल शाहीको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :