ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश

ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश

काठमाडौँ : कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिल प्रवेश गरेको छ । मङ्गलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १–० गोलले हराउँदै ब्राजिल उपाधि नजिक पुगेको हो ।

नेयमारले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै पेक्वेटाले खेलको ३५ औँ मिनेटमा गरेका गोल निर्णायक बनेको थियो । ब्राजिलले अब उपाधिका लागि अर्जेटिना र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :