अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा निःशुल्क कोरोना खोप उपलब्ध गराउन माग

अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा निःशुल्क कोरोना खोप उपलब्ध गराउन माग

कपिलवस्तु : अखिल (क्रान्तिकारी) कपिलवस्तुले जिल्लाको विभिन्न ठाउँमा पुर्व घोषित कार्यक्रमअनुसार कोभिड–१९ बाट बच्न सम्पूर्ण जनतालाई निःशुल्क उपचार, भ्याक्सिनको माग गर्दै प्रर्दशन गरेको छ । सङ्गठनले निरन्तर आम विद्यार्थी, जनताको पक्षमा आवाज उठाउँदै आएको र निरन्तर खबरदार गर्दै जाने अभियान अन्तरगत सोमबार सम्पूर्ण जनताको स्वास्थ्यप्रति राज्यलाई जिम्मेवार बन्न आह्वान् गरेको छ ।

कार्यक्रममा मन्तब्य राख्दै सङ्गठनका जिल्ला अध्यक्ष बिज्ञान क्षेत्रीले राज्य जनता बचाउनुको सट्टा, चरम शोषणमा लागेको र राजस्व असुली तिर केन्द्रित रहेको आरोप लगाए । उनले सरकारले सम्पूर्ण जनतालाई निःशुल्क खोपको ग्यारेन्टी गर्नसमेत माग गर्दै अबको निकास संसदीय व्यवस्थाबाट सम्भव नरहेकाले विकल्पमा समाजवादी राज्य सत्ता स्थापना गरेमा तब मात्र देश र जनतको मुक्ति सम्भव छ, त्यसको लागि अब नेता चुन्ने चुनाब होइन, व्यवस्था चुन्ने चुनावमा जानुपर्ने र जनतालाई आफ्नो अधिकार प्रयोग गर्न दिनुपर्ने गरि जनमत सङ्ग्रहमा जानुपर्ने बताए । साथै सङ्गठनले आगामी साउनसम्म जनदवाब मूलक कार्यक्रमहरू घोषणा गरेको क्षेत्रीले बताए ।

कार्यक्रममा जिल्ला सदस्य सागर, सपना, बिष्णु लगायत नगर सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :