यथाशिघ्र निःशुल्क कोरोना खोपको व्यवस्था गर्न क्रान्तिकारीको माग

यथाशिघ्र निःशुल्क कोरोना खोपको व्यवस्था गर्न क्रान्तिकारीको माग

अर्घाखाँची: नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले सम्पूर्ण नागरिकलाई यथाशिघ्र निःशुल्क कोरोना खोपको व्यवस्था गर्न माग गरेको छ ।

सोमबार जिल्लाको शान्ति बगैंचामा अखिल (क्रान्तिकारी) ले निःशुल्क कोरोना खोप र स्वास्थ्य उपचारका लागि दबाबमूलक कार्यक्रम आयोजना गरी सम्पूर्ण नागरिकलाई निःशुल्क कोरोना खोपको व्यवस्था गर्न माग गरेको हो ।

कार्यक्रममा सङ्गठनका जिल्ला इन्चार्ज नविन खड्का ‘बारुद’ले सरकारले यथाशिघ्र सम्पूर्ण नागरिकलाई कोरोना विरुद्धको खोप निःशुल्क उपलब्ध गराउन माग गरे । स्वतन्त्र रुपमा नागरिकले बाँच्न पाउनुपर्ने नैसर्गिक अधिकार भएको बताउँदै खड्काले वर्तमान सरकार कम्युनिस्टको नाममा पुँजीवादी भएको बताए ।
खड्काले पुँजीवादी सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेकाले सम्पूर्ण नागरिक अब वैज्ञानिक समाजवादको दिशातर्फ लाग्नुपर्ने बताए । उनले यो संसदीय वयवस्थाका विरुद्ध कडा सङ्घर्ष गर्ने बताए ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष बाबुराम एसकेले वर्तमान सरकारले नागरिकलाई कोरोनाको खोप समेत उपलब्ध गराउन नसक्नु दुःखदायी भएको बताउँदै नागरिकलाई स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकारको प्रत्याभुति गराउनुपर्ने बताए ।
कार्यक्रम सङ्गठनका जिल्ला सचिव गिरिजा खड्काको अध्यक्षतामा र सङ्गठनका जिल्ला उपाध्यक्ष पदम नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा क्रान्तिकारीले प्लेट कार्डसहित प्रर्दशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :