दलित मुक्ति मोर्चा नेपाल बर्दियाले बुझायो ज्ञापनपत्र

दलित मुक्ति मोर्चा नेपाल बर्दियाले बुझायो ज्ञापनपत्र

 

बर्दियाः नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल जिल्ला समिति बर्दियाले सोमबार जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
गत असार १ गतेका दिन सञ्चारकर्मी, कलाकार एवम् जात व्यवस्था उन्मुलन मोर्चा, नेपालकी केन्द्रिय सदस्य रुपा सुनारमाथि गरिएको जातीय विभेद तथा छुवाछूतको ज्यादतीपूर्ण घटना र घटनाका दोषी घरधनी सरस्वती प्रधानलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ ।

घटनामा शिक्षा, विज्ञान तथा प्रविधि मंन्त्री कृष्णगोपाल श्रेष्ठले पद र शक्तिको दुरुपयोग गरीदोषीलाई थुनामुक्त गराई आफ्नै गाडीमा निवास पुर्याएको घटनाले पुँजिवादी संसदीय व्यवस्थाको कथित संविधान र कानुनी राजको मुकुण्डो च्यात्तिएको स्पष्ट उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा जातीय वभेद तथा छुवाछूत गर्ने घरधनी सरस्वती प्रधानलाई थुनामा राखी कानुनी कारवाही अघि बढाउनुपर्ने, दोषीलाई संरक्षण गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदमुक्त गरि कारवाही गर्नुपर्ने, सामाजिक सन्जाल एवम् अनलाइन मिडियामा जातीय विभेदजन्य क्रियाकलाप गर्ने प्रकाशन गृह र पत्रकारलाई साइबर क्राइम अन्तर्गत कारवाही प्रक्रिया अघि बढाउनुपर्ने, अनुसन्धानमा लापरबाही गर्ने र निवेदन दर्ता गर्ने आनाकानी गर्ने प्रहरी प्रशासन तथा कानुनी कारवाहिको लागि मुद्दा अगाडि बढाउन नमान्ने सरकारी वकिलहरुलाई कारबाही गरि यथासिघ्र मुद्दा अघि बढाउनुपर्ने, सरकारले पीडित रुपा सुनारको शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने, देशका विभिन्न ठाउँमा घटिरहेको जातीय विभेद तथा छुवाछूतका अन्य घटनाहरूको गम्भीरतापूर्वक छानवीन गरि दोषीलाई कारवाही पीडितलाई न्याय र क्षतिपूर्तिको उचित व्यवस्था गर्नुपर्ने जस्ता महत्त्वपूर्ण मागहरू राख्दै ज्ञापनपत्र बुझाएको दलित मुक्ति मोर्चा नेपाल बर्दियाका अध्यक्ष बालचन्द्र बिसी बलवानले बताए ।

ज्ञापनपत्र पेश गर्ने कार्यक्रममा नेकपा मधुवन नगर इन्चार्ज केशर्सिङ, नेकपा नगर सेक्रेटरी चक्र, ठाकुरबाबा नगर सेक्रेटरी प्रेम, विद्यार्थी संगठन बर्दियाका सचिवालय सदस्य रमेश प्याकुरेलको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :