जात व्यवस्थाः अझै नसुल्झिएको पहेली

जात व्यवस्थाः अझै नसुल्झिएको पहेली

 ‘‘मसँग विहे गरेपछि माइती पक्षले सुशीलासँग सम्बन्ध नै तोड्यो । विहेपछि सुशीला माइती गएकी छैनन् । उनी प्रधान न्यायधीस भएपछि बल्ल उनका भाई भेट्न आए । मेरो दुबै भाईले सुशीलालाई भाउजुका रुपमा स्वीकार गरे तर उनीहरुका क्र्रुर ब्राहमणी पत्नीहरुले अहिले पनि सुशीलाले पकाएको खाँदैनन् । नेपाली समाज कती पछौटे छ र नारीहरुले कस्तोसम्म सहनुपर्छ भन्ने यो एउटा उदारण हो ।”१ यो भनाई कुनै औसत नागरिकको होइन मुलुकको एक शतिmशाली निकाय सर्वोच्च अदालतकी अवकाश प्राप्त प्रधान न्यायधीस सुशीला कार्कीका श्रीमान, एक समयका काङग्रेसी नेता, मुक्ति सेनाका कमाण्डर दुर्गा सुवेदीको हो । उनी कुनै गैरदलितले दलितलाई छुवाछ्त गरे जस्तो उत्पीडनको सिकार भैहाल्नुपर्ने स्तरका मान्छे अवश्य पनि होइनन् । एक समयका विपी, गिरिजा र गणेशमानका समकालीन नै हुन् भन्दा अन्यथा नहोला । नेपाली समाजमा हामीले सोचे जस्तो जातिय भेदभाव र छुवाछुतको अन्तरकथा खाली दलित समुदायमा मात्र होइन समाजका अन्य जाति र समुदायमा पनि त्यत्तिकै जब्बर रुपमा जडा गाडिसकेको कुरा यो एउटा प्रतिनिधिमुलक घटनाले स्वतःउजागर गर्दछ । सुशीला कार्की जसले आफ्नो न्याय सेवाकालिन यात्रामा कैयौ विभेद र उत्पीडनका मुद्धाहरुको छिनोफानो गरिन् होला, कयौँलाई न्यायको अनुभूति पनि गराइन् होला र अन्याय गर्ने उपर कठोर दण्ड सजाय पनि गर्नुपर्यो होला तर आफु, आफ्नो परिवार र समाजको धरातलबाट भने उनी मात्रै कसरी अलग रहन सक्थिन् र ? हुन त यस्ता विभेदका अनगिन्ती घटनाहरु छन् । बाराको गढीमाइ मेलाको उद्घाटनको क्रममा राष्ट्रपती विद्यादेवी भण्डारीलाई समेत विधुवा आइमाईले धार्मिक मेलाको उद्घाटन गर्नु अशुभ भयो भनेर गरिएको प्रदर्शनको घटना पनि सार्वजनिक नभएको होइन । यी उल्लेखित दुई वटा प्रतिनिधिमुलक घटनाहरु मात्रै हेर्नु भयो भने पनि हाम्रो समाजमा भेदभावको स्तर कहाँदेखि कहाँसम्म छ भन्ने कुरा स्वतः प्रष्ट हुन्छ ।

१) को हुन् दलितहरु

                ‘‘दलित शब्द ‘दल’ धातुबाट बनेका हो । दलको अर्थ समुह, जमात, गुट हो । दल शब्दमा इत प्रत्यय (दलंइत) लागेर दलित शब्द बनेको छ । जसको अर्थ हुन्छ – अर्काको थिचोमिचोमा परेको, अरुद्धारा सताईएको, समाजमा इज्जत प्रतिष्ठा नभएको –थिचिएको, किचिएको, मिचिएको ।”२ राष्ट्रिय दलित आयोगका अनुसार ‘हिन्दु वर्णाश्रम, त्यसको जात व्यवस्था, १९९० सालको मुलुकी ऐनबाट पानी नचल्ने र छोईछिटो हाल्नुपर्ने जातजाति भनि जातिय भेदभाव एंवम समाजमा अछुत मानिएका र सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक तथा धार्मिक रुपमा राज्यको मुल प्रवाहबाट पछाडि पारिएका जातजातिका समुदायलाई दलित भनिएकको छ ।”३ त्यस्तै कसलाई दलित भन्नेबारे आहुती यसो भन्छन्–“दलि शब्दले सामान्यतया हेपिएको, दलिएको, पिसिएको अर्थ दिए पनि दलित मुक्ति आन्दोलनको भारतीय र नेपाली सन्दर्भमा हेर्दा यसले हिन्दु समाजमा ‘पानी अचल बनाइएका जातहरुको साझा समुदायगत पहिचान तथा अर्थ समेत दिने स्तरमा पुगेको छ ।”४ आहुती कै शब्दमा फेरी उहाँ भन्नुहुन्छ ः भारतको महाराष्ट्रमा ज्योतीबा फुले – (ज्योतीराव गोविन्द राव फुले, सन् (१८२(१८९०) नामका महात्मा कहलिएका समाज सुधारकले सर्वप्रथम दलित शब्दको प्रयोग गरेका हुन् भन्ने कुरा विभिन्न विद्वानहरुले मान्दै आएका छन् । नेपालमा २०२४ सालमा गठित नेपाल राष्ट्रिय दलित जनविकास परिषद नामको संगठनले पहिलो पटक आफ्नो संगठनको नाममा र कथित अछुत समुदायकै साझा पहिचानका रुपमा दलित शब्द प्रयोग गर्यो । त्यसअघि आजका दलितहरुलाई अछुत, तल्लो जात, पानी अचल, पौनी आदी अपमानजनक शब्दद्धारा नै सम्बोधन गरिन्थ्यो ।”५  यसरी हेर्दा यस सन्दर्भमा वर्गीय उत्पीडनको सारत्वसहित सामाजिक र साँस्कृतिक उत्पीडनको मुख्य समस्या झेलिरहेका विशेषतः नेपाल र भारतमा बसोबास गर्ने अझै १७ करोड जनसङ्ख्यालाई दलितको रुपमा बुझ्दा नै सहि हुन्छ ।

२) वर्णाश्रम व्यवस्था

                वर्ण व्यवस्था भनेको मानिसलाई वर्ग र जातपातमा विभाजित गर्ने र त्यसको आधारमा श्रम र सामाजिक स्तर निर्धारण हुने परिपाटी हो । समाजलाई ब्राहमण, क्षेत्री, वैश्य र शुद्रको रुपमा विभक्त गरी कुन जातले के गर्न हुन्छ, के गर्न हुँदैन, कुन जात उच्च र कुन जात नीच, एउटै प्रकृतिको अपराधमा पनि कुन जातकालाई कति र कस्तो दण्ड, सजाय गर्ने र कुनलाई नगर्ने जस्ता धार्मीक, साँस्कृतिक र कानुनी प्रावधानको व्यवस्था गरी हिन्दु वर्णाश्राम जातव्यवस्थालाई संस्थागत गरिदै आएको छ । यो व्यवस्थाको उत्पत्ति कसरी भयो भन्ने सन्दर्भमा धार्मिक दृष्टिकोणलाई उद्धृध गर्दै युवल नोहा हरारीले आफ्नो वेस्टसेलर पुस्तक होमो सेपियन्समा यसरी लेखेका छन्–“Hindus who adhare to the caste system believe that cosmic forces have made one caste superior to another.According to a famous hindu creation myth, the gods fashioned the world out of the body of a primeval being the purus. The sun was created from the purua’s eye, the moon from the purusa’s brain,the Brahamins (priests) from its mouth,the kshatriyas (worriors) from its arms,the vaishyas (peasants and merchants) from its twighs,and the shudras (servents) from its legs. Accept this explation and the sociopolitical differences between brahamins and shudras are as natural and external as the differences between the sun and the moon.”६ यसरी एकातिर हिन्दुु वर्णाश्रम जात व्यवस्थालाई प्राकृतिक नियममा आधारित एवं चन्द्र सुर्य जत्तिकै अन्त्यहिन व्यवस्थाको रुपमा व्याख्या गरिएको पाइन्छ भने अर्कातिर ब्राहमण कसलाई भन्ने वा ब्राहमणको कोखमा जन्मिदैमा कोही ब्राहमण हुन सक्छ की सक्दैनन् भन्ने सन्दर्भमा भनिएको छ “जन्मनाद जायते शुद्रःसंस्काराद् द्धिज उच्यते । पठनाद जायते विप्रो ब्रह्म जानाति ब्रहमणः।। (मान्छे जन्मँदा सँबै शुद्र मात्र हुन्छन्, सँस्कारले त्यो द्धिज कहलाउँछ, पठन कार्य विद्यालाभ गर्दा त्यो विप्र हुन्छ र ब्रहमज्ञान प्राप्त भएपछी मात्र ब्राहमाणको पदको लागी योग्य हुन्छ ।”७ गिताको यो श्लोकलाई आधार मान्दा जन्मजात कोही पनि उपल्लो वा तल्लो जात कहलाउँदैन । उसको कर्म र संस्कारका आधारमा वर्णको श्रेणीमा विभाजन गर्न सकिन्छ । किनकी जन्मिदाँ त सबै अज्ञानी र खाली दिमाग मै जन्मिन्छन् । यो सँगै एउटा प्रश्न के उत्पन्न हुन्छ भने के तल्लो स्तरको कर्म गरेको आधारमा कुनै बाहुन वा क्षेत्रीय शुद्रको श्रेणीमा झरेको र माथिल्लो वा ज्योतिष ज्ञानद्धारा पारंगत भएपछि कुनै दलितको छोराछोरी ब्राहमण वा माथिल्लो जातमा बढुवा भएको इतिहास कही छ र एकथरी विद्धानहरुले छुवाछुत प्रथा वेदको रचनासँगै भएको होइन यो समस्या उत्तर वैदिक कालमा आएर मात्र झाङगिदै गएको हो भनी व्याख्या गरेका छन् । नेपालमा लिच्छबीहरुको आगमनसँगै वर्णाश्रम प्रथाको सुरुवात भएको र पछि जयस्थीति मल्ल हुँदै १९९० को मुलुकी ऐनसम्म आउँदा नै जात व्यवस्थाले कठोर कानुनी मान्यता पाएको हो ।

३) जातिय भेदभाव र छुवाछुत एउटै होइनन् ।

                हामीले कहिलेकाही जातजातिको आधारमा हुने उचनिचको व्यवहार एवं भेदभाव र छुवाछुत प्रथालाई एउटै अर्थ र स्तरमा लिने गछौँ तर वास्तविकता त्यस्तो होइन । विभिन्न जातहरुबीच ठूलो र सानो, सभ्य र असभ्य, उच र नीच भनेर हुने भेदभाव र विभेद प्रायः सबै जातिमा छ । गोराहरुले काला जातीलाई विभेद गर्छन् । हिन्दुले मुस्लिमलाई विभेद गर्छन्, बाहुनले क्षेत्रीलाइ विभेद गर्छन् तर उनीहरुबीच छोईछिटो गर्ने छुवाछुत प्रथा भने थिएन् र छैन पनि । छोएको पानी नचल्ने यो परिपाटी दलितहरु माथिको मात्रै समस्या हो ।

४) विभेदको पराकाष्ट

                पत्रकार रुपा सुनार र घरबेटी सरस्वती प्रधानबीच भएको छुवाछुत तथा विभेदजन्य व्यवहारका सम्बन्धमा पीडित भनिएकी रुपा सुनारले कानुनी न्याय पाउन र पिडकलाई सजाय होस् भनी दिएको निवेदनपछि थुनामा रहेकी प्रधानलाई सरकारका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारी गाडीमा झण्डा हल्लाउँदै आफ्नो गाडीमा हालेर लिए । यसरी पीडितलाई न्यायको अनुभूति गराउनुपर्ने दायित्व बोकेको राज्यका मन्त्रीले नै यसरी कानुन र न्यायलाई चुनौति दिन मिल्छ कि मिल्दैन ।  घटनाबारे वाम विश्लेषक श्याम श्रेष्ठ टिप्पणी गर्छन् –“राज्यको काम यस्ता सामाजिक घटनामा न्याय दिन उभिने हो । मन्त्री ९कृष्णगोपाल श्रेष्ठ० आफै कुनै एक समुदायको पक्षमा लाग्दा अर्को समुदायलाई सहाराविहिन भएको अनुभूति हुन्छ । कसैले अन्याय गर्दा म सँग राज्य छ भनेर पीडित निडर हुनुपर्नेमा, जब राज्य नै एउटाको पक्षमा खडा हुन्छ । त्यसले अर्काेलाई राज्यबाट अलग्याइयको महसुुस हुन्छ ।”८

                एउटा कानुनी राज्यमा यस प्रकारका कुनै पनि घटनाको कानुनी र न्यायिक निरुपण हुनुपर्नेमा, शक्ति र सत्ताको बलमा घटनाको कुनै एक पक्षमा राज्य र यसका प्रतिनिधिहरु खुलेआम उभिने कुरा लोकतन्त्र र मानवअधिकारको ठाडो उल्लङ्घन मात्रै होइन सत्ता आफै विभेदकारी र एउटा कुनै खास वंश, वर्ग र धर्मको पक्षधर छ भन्ने कुरा यो एउटा खुल्ला दृष्टान्त पनि हो ।

५) कोठा भाडाको राजनीति

                सरस्वती र रुपा सुनारको कोठा बहालमा दिने बारेको समाचार बाहिरीएपछि सामाजिक संजालमा यसको पक्ष वा विपक्षमा विभिन्न प्रतिक्रियाहरु सार्वजनिक भएका छन् । कतिपयले आफ्नो घरको कोठा कसलाई भाडामा दिने र कसलाई नदिने भन्ने कुरा घरबेटीको अधिकार भएको र यस प्रकरणमा छुवाछुत विभेद भन्न नमिल्ने भन्दै घटनाको प्रतिरक्षा गर्नु हुदै प्रयास गरेको देखियो । तर सेतोपाटी डटकमका प्रधान सम्पादक अमित ढकाल भने यसो भन्छन्, घर भाडामा लगाउनु भनेको व्यवसाय गर्नुु हो । यसबाट आम्दानी हुन्छ, राज्यले कर लगाउँछ । घर भाडामा लगाउँनका लागी राखी सकेपछि जातका आधारमा कुनै मानिसलाई दिन्न भन्न पाइदैँन । औँषधी पसल, रेस्टुरेन्ट, होटेल वा अरु कुनै व्यवसाय संचालन गरेर फलानो जातलाई सेवा दिन्छु, फलानोलाई दिन्न भन्नु छुवाछुत गरेको ठहर्छ ।”९ एउटा व्यवसायिक प्रयोजनका लागी शहरमा बनाइएका घरहरुमा यस प्रकारको व्यवहार भएको कुरा कुनै नौँलो घटना होइन । देशको राजधानीमा समेत यस प्रकारका घटनाहरु दोहोरिनु हरेक सभ्य नागरिकका लागि लज्जाको विषय हो, र यो दण्डनीय अपराध समेत हो ।

६) कोटाको विवाद

रुपा सरस्वती प्रकरणको वरीपरी निकै चलेको एउटा विवाद के रह्यो भने दलितहरुमाथि  छ्ुवाछुत दुव्र्यवहारका घटनाहरु भैरहनुको कारण भनेको दलितका लागि छुट्याइएको आरक्षण हो । यसले नै समस्या बल्झाइरहेको छ । यतिसम्म भनिएको पाइयो कि ‘तिमी दलित भएर कोठा पाएनौँ, मैले बाहुन भएर कोटा पाइन् ।’ के आरक्षण र कोटा प्रणाली नै समस्याको जड हो त ? के आरक्षण प्रणाली अघि भेदभावजन्य समस्या थिएन त ? यस विषयमा केही तथ्य, तथ्याङ्क र तर्कको आधारमा विषयलाई प्रष्ट गर्न जरुरी छ ।

                नेपालको कुल जनसंख्याको १३.८ प्रतिशत दलितहरुको जनसंख्या छ । तर राज्यका विभिन्न निकायमा दलितहरुको प्रतिनिधित्वको स्थिति के छ भन्नेबारे प्रकाश धौलाकोटी नयाँ पत्रिकामा लेख्छन् ‘‘निजामति कर्मचारी ८८,५०० मध्ये दलित प्रतिनिधित्व १,९००(२.२२५) अदालतमा ४९५ न्यायधिसमध्ये दलित प्रतिनिधित्व ५ जना (१.०९५), नेपाल प्रहरी तर्फ ६५,५०० मध्ये दलित ६,१९२ (९.४५ ५), नेपाली सेना ८७,९७२ मा ७,१६४ (८.१४५) छ । स्वास्थ्यको स्थिति हेर्दा ५ बर्ष मुनीका ब्राहमण,क्षेत्रीका बच्चाहरुको मुत्युदर प्रतिहजारमा ३१ हुँदा दलित बच्चाको प्रतिहजारमा ५१ छ । देशको निरपेक्ष गरीबीको रेखामुनी रहेका जनसंख्या १८.८५ हुँदा दलितको ४.४५ छ । २०६८ को गणना अनुसार नेपालीहरुको औसत आयु ६८ वर्ष हुँदा दलितहरुको ५८ वर्ष मात्रै छ ।”१० त्यस्तै राजनीति क्षेत्रमा अहिले पनि दलित प्रतिनिधित्वको स्थिति हेर्दा यस्तो देखिन्छ –‘‘संघिय सरकारमा दलितको सहभागिता (४५ ) र गैर दलित २१५, प्रदेश सरकारमा खस आर्य ५९.९२५, जनजाती १३.५८ ५, नेवार १.१२५, मधेशी २५.००५, थारु ३ं.८५५, मुस्लीम १.१२५ र दलित ० प्रतिशत छ । त्यस्तै स्थानीय सरकारको प्रमुख उपप्रमुखमा पहाडी ब्राहमण २०.८७ ५, पहाडी क्षेत्री २१.७४ ५, जनजाति ३२.८३, मधेशी १४.३५, दलित ३.२६, र मुस्लीम १.३० छन् ।”११

                माथि उल्लेखित राज्यका विभिन्न अंगहरुमा दलितहरुको प्रतिनिधित्व दयनीय नै देखिन्छ । शिक्षा, कृषि भूमि माथिको स्वामित्व, आयआर्जनमा पहुँच, यी सबै क्षेत्रमा दलितको स्तर निकै तल छ  तर पनि आरक्षण र कोटाको विषयलाई लिएर एकथरी मानिसहरु किन विरोध गरिरहन्छन त ? प्रध्यापक सुखदेव थोराट भन्छन्, उच्च जातमा उनीहरुको भौतिक सुखसयल र उच्च सामाजिक हैसियत गुम्ने डर व्याप्त हुनु नै आरक्षणको आलोचनाको प्रमुख कारण हो ।  बहिष्कृत समुदायका लागी ल्याइएका यस्ता खालका नीतिहरुको निरन्तर विरोधको पनि जरो कारण यही हो, किनभने उनीहरु यो नीतिले आफ्नो आरक्षित स्थानको अतिक्रमण गरेको ठान्छन्, जहाँ उनीहरुले लामो समयसम्म हालीमुहाली गर्दै आएका छन् ।

७) सभ्यताको विकासमा दलित वर्गको योगदान

 आजसम्म मानव सभ्यताको विकासक्रम जसरी हुँदै हामी यहाँ आइपुगेका छौ यसको मुख्य कारण भनेको उत्पादक शक्तिमा भएको निरन्तर विकासप्रक्रिया नै हो । मान्छेले आफ्ना आवश्यकता पुरा गर्नका लागि प्राकृतिक प्रतिकुलताहरुसँग मात्रै संघर्ष गर्नु परेन, उसले त आफ्नो श्रम प्रक्रियाद्धारा उत्पादनका लागि चाहिने औजारको पनि विकास गर्न त्यतिकै प्रयत्न गर्नु प¥यो । यसरी उत्पादनका लागि चाहिने औजार (उत्पादनको साधन) को निरन्तर आविस्कार द्धारा नै एउटा उत्पादन सम्बन्धको ठाउँमा अर्को उत्पादन सम्बन्ध स्थापित हुने गरेको छ । अर्थात उत्पादन शक्तिको विकासद्धारा नै एउटा युगको विस्थापन र अर्को युगको स्थापना हुन्छ, यो नै कार्लमाक्र्सद्धारा राजनीतिक अर्थशास्त्रको क्षेत्रमा गएिको मुख्य खोज हो र यसैका आधारमा माक्र्सले ऐतिहासिक भौतिकवादी सिद्धान्तको विकास गरेका हुन् । उत्पादक शक्तिका तीन तत्वहरुः औजार, उत्पादन गरिने ठाउँ वा उत्पादनको वस्तु र मानविय श्रम प्रक्रिया मध्ये श्रम नै मुख्य र गतिशिल तत्व हो ।

                जात व्यवस्थामा आधारित हाम्रो समाजको ऐतिहासिक भौतिकवादी सिद्धान्तको आधारमा मूल्याङकन गर्ने हो भने विभिन्न जातका आ आफ्ना योगदानहरु होलान् तर मुख्य श्रमिक वर्गको रुपमा दलित रहेको र उसले नै समाजलाई आवश्यक पर्ने औजारहरुको निर्माण र विकास गर्दै आएको कुरा प्रस्टै छ । यसबारे आहुति भन्छन् ‘‘आरनको आविस्कार हुदैनथ्यो भने सामन्तवादी समाज हुँदैनथ्या,े इन्जिनको आविस्कार हुँदैनथ्यो भने सामन्तवाद ढलेर पूँजीवाद आउदैनथ्योे । आरन, तेल पेल्ने कोल, गोरु गाडा, घोडेरथ, चर्खा र हाते तान, ढुङ्गा, कपडा रंगाउने खाडी, काचो छाला प्रशोधन प्रविधि आदि । यी सबै औजार र प्रविधिको केन्द्र विन्दुमा थियो आरन, जुन विना धेरै जस्तो औजार र हतियारको निर्माण संभव नै थिएन । .. जात व्यवस्थामा कथित उच्च जातमा रहेकाहरुले के गरे ? राजा भए, महाराजा भए, सेनापति भए, सामन्त भए । उनिहरुले मोजमस्ती गरे, दमन गरे, अत्याचार गर्ने उत्पीडनका नयाँ नयाँ नियम बनाए तर उनिहरुले आरन चलाएनन, हलो जोतेनन, बस्त्र सिलाएनन, धागो काटेनन, काँचो छालालाई पाको बनाएनन, वास्तवमा समाजलाई अग्रगामिमा लैजान उनिहरुले श्रम नै गरेनन् । ’’१३

८) अन्य जाती भित्रको विभेद

                हिन्दु वर्णाश्रम जातमा आधारित सामाजिक व्यवस्था अन्तर्गत आजपर्यन्त दलित समुदाय माथि भेदभाव र छुवाछुतका घटनाहरु भैरहेको कुरा सुन्दा यो समस्या दलित बाहेकअरु जात र समुदायमा छैन कि भन्ने लाग्छ तर यो प्रथा अन्तर्गत विभेदको जालोले सबैलाई गाँजेको छ । हरेक थर र जातमा उपजात खडा गरिएको छ । एक भन्दा अर्काेलाई सानो र ठुलोमा विभेद गदै एकता हौइन, विखण्डन र समानता होइन विभेद खडा गरिएको छ । कथित उच्च जात भनिएका जात भित्रै पनि उचनीच र विभेदको सृङखला कस्तो छ भन्नेबारे केहि तथ्यतर्फ फर्कौ ।

                ‘‘ब्राहमणको जरो पहिलयाउँदा  उनीहरु पाँच भागमा विभक्त भएको पाइन्छ ः सारस्वत, कान्यकुञ्ज, गौड, मैथिल र उत्कल । …पहाडी बाहुन र तराईका बाहुन वीच ठुलो विभाजनको खाडल नै छ जस्तो कि उनिहरु वीच विवाह चल्दैन ।… पर्वते ब्राहमणहरु पनि उपाध्याय र जैसीमा विभाजित छन् । वैदिक विवाह गरेका दम्पतिबाट जन्मेका सन्तान उपाध्याय हुन्छन् तर विद्यवा ब्राहमणी, ‘कर्म नचलेको कन्या तथा पोइल गएकी ब्राहमणीबाट जन्मेका सन्तान जैसी हुन्छन ।…कुनै ब्राहमण स्त्री क्षेत्रियसँग एकपल्ट विगे्रर पुनः ब्राहमणबाट छोरा पाइ भने त्यस्तो सन्तती भाट हुन्छ । …ठकुरी बाहेक अन्य क्षेत्रिय सित ब्राहमण पुरुषको विवाह भएर जन्मेको सन्तान खत्री कहलाउँछ । कुनै ब्राहमण वा क्षेत्रियले हाडनाताको व्यक्ति वा पशुसित यौन सम्बन्ध राखेर समाजबाट भ्रस्ट वा दामल भयो भने त्यस्तो व्यक्तिलाई दशनामी वा सन्नेसी सरह मानिन्थ्यो । …कुनै ब्राहमण स्त्रीको सम्बन्ध विधिपूर्वक विवाह नभई गुप्त रुपमा क्षेत्रिसँग भएर जन्मको सन्तान खाती हुन्छ । त्यस्तै शुद्ध क्षेत्रियको गणनामा आउने हमाल, ब्राहमण पुरुष र ठकुरी समाजकी क्षेत्रिय स्त्रीको विवाह भएर जन्मेको सन्तान हो । ’’१४

                यसरी हेर्दा उल्लेखित भनाई र प्रथाहरुले प्रस्ट गर्दछ कि जातिय विभेदको समस्या दलित समुदायमा मात्रै होइन नेपाली समाजका बाहुन, क्षेत्रि, नेवार, जनजाती देखि मधेशी सम्म झाङ्गीएको छ । एउटा जाति र अर्को जाति मात्रै होइन अनततः यो प्रथाले एउटा मान्छे र अर्को मान्छे वीच समेत अमानवियता प्रकट गरिरहेको छ ।

९) वर्णाश्रम व्यवस्थाको दलित प्रतिको क्रुर दृस्टि

                विशेषतः भारतिय उपमाहादिपको भारत र नेपालमा रहेको वर्णाश्रम जातव्यवस्था अन्तर्गत सबै जातजातिमा विभेद र विभाजन भएपनि कथित शुद्र जात प्रति भने निकै निकृष्ट र क्रुर दृष्टीकोण देखिन्छ । मनुस्मृतिमा भनिएको छ ः ‘‘शुद्रस्तु कारयेद्दास्यं क्रीतमक्रीतमेव वा । दास्यायैव दि सृष्टो ४सो ब्राहाणस्यं स्वयंभुवा ।। अर्थात स्वयम्भु भगवानले ब्राहमणको सेवाका लागि नै शुद्रहरुको सृस्टि गरेका हुन । शुद्रलाई त केवल दासताको धर्मपालन गर्नका लागि नै बनाइएको हो । त्यस्तै अर्को ठाउँमा भनिएको छ ःशतं ब्राहमणमाक्रुश्य क्षत्रियो दण्डमर्हती । बैश्यो ४ प्यार्धशतं द्धे वा शुद्रस्तुवधमर्हति ।। अर्थात ब्राहमणलाई कसैले चोर, चाण्डाल आदि भनि अपमान गरेमा क्षेत्रीयलाई एक सय पण र वैश्यलाई १५० वा २०० पण दण्ड गर्नुपर्छ । परन्तु् शुद्रले त्यसो भनेमा उसलाई प्राणदण्ड दिनुपर्छ । ’’१५ यसै गरि विष्णु पुराणको एउटा श्लोक यस्तो रहेछ ः प्राणनर्यास्तथा दरान् ब्राहमणार्येनिवेदयेत्् सशुद्र जातिरभोज्यस्यद्भोज्यः शेष उच्यते । (५÷११) अर्थात जुन शुद्रले आफ्नो प्राण, धन तथा स्वास्नीलाई ब्राहमणको सेवामा अर्पण गर्छन, त्यस्ता शुद्रको अन्न र तिनिहरुले छोएको कुरा खान हुन्छ, अरु शुद्रको अन्न खान हुँदैन ’’ (इन्सेक २०५०ः३९३)१६ फेरी शुद्रलाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने बारे मनुस्मृतिमा भनिएको छ ः शुद्रलाई ज्ञान सिकाउन, जुठो हव्य र काव्य खान, प्रत्यक्ष रुपमा धर्म र व्रतका कुरा सिकाउन हुँदैन । जुन राजाका राज्यमा शुद्र न्यायको अधिकारी हुन्छ, त्यस राज्यले भासमा गाडिएको गाईझै दःुख पाउँछ । यदि शुद्रले अहङकारवस कुनै ब्राहमणलाई धर्मको उपदेश दिन्छ भने राजाले उसको मुख र कानमा उम्लँदै गरेको तेल हाल्न लगाउँनु पर्छ । ’’१७

१०) अव के गर्ने ?

पाठकवृन्द ! एक छिन सोच्नुहोस त एउटा यस्तो निर्लज्य, कलंक र क्रुर प्रथा झण्डै ३३ सय वर्ष देखि हाम्रो घर आगन, मन मस्तिष्क, वरिपरि घर जमायर, जरा गाडेर बसेको छ । हामीवीचको आपसी प्रेम, सद्भाव र मानवतालाई चुडांलिदिएको छ । समाजको कुनै एउटा व्यक्ति देख्ने वित्तिर्कै त्यो कुन जातिको हो र त्यसको सामाजिक स्तर कति छ भन्ने कुरा जातप्रथाको आधारमा हामी मनमनै निष्कर्ष निकाल्छौ र उसप्रति कस्तो व्यवहार गर्ने निर्णय लिन्छौँ ।

                निश्चय नै यो सामाजिक रोगबाट मुक्त हुन र पारस्परिक सद्भाव सहितको समाजको परिकल्पना गर्दै थुपै क्रान्ति, आन्दोलन, त्याग र वलिदानहरु भएका छन् । यो समस्यालाई हल गर्न दलितले मात्रै होइन कैयौँ अन्य समुदायका व्यक्तिहरुले इतिहासमा प्रगतिशील कदम पनि उठाएका छन । कैयौ गीत, कविता, साहित्य नाटक, फिलिमहरु रचिएका छन तर अझै पनि नवराज विकहरु जन्मिरहेकै छन् । अझै रुपा सुनाहरु घरबेटी आमासँग कोठा भाडामा वस्नपाउँ भनेर कानुनी र सामाजिक आन्दोलनहरु गरिरहेकै छन नि । यो सब कथाका पछाडि समस्याको मुख्य जरो के हो अर्थात जातमा आधारित वर्णाश्रम व्यवस्थाको विस्थापन र उन्नत एवम वैज्ञानिक समाज व्यवस्था कसरी निर्माण गर्ने भन्ने बारेमा ठोष र साझा दृष्टिकोण अर्को नबन्नु पहिलो समस्या हो । नेपालमा निकै लामो समय देखि संसदिय लोकतन्त्रको बारम्बार प्रयोग हुने र बारम्बार असफल पनि हुँदै जाने जुन स्थिति छ यसको मुख्य कारण नै नेपाली समाजका खास विशेषतालाई पक्र्रिन नसक्नु् नै हो । यस प्रकारको जो लोकतन्त्र छ यसको जननी वेलायत हा,े जहाँ औधोगिक क्रान्ति भएको थियो । जहाँ जातप्रथा थिएन र जहाँ यहाँका दलितहरुले गरिरहेका परम्परागत पेसाहरु जस्तै पेशा गरिरहेका सिल्पकारहरु नै त्यहाँ पछिगएर अ‍ैेधोगिक पूँजीपति वर्गमा बदलिएका थिए । यसलाई हाम्रो सामाजिक विशेषता नबुझिकनै जसरी संसदिय लोकतन्त्र आयात गरियो यसले त दलालहरु मात्रै पैदा गछर्, राष्ट्रिय पूँजीपति होइन । यो दोस्रो समस्य हो । वैज्ञानिक समाजवाद र सम्यवादको लक्ष्य सहित संघर्ष गरिरहेका यहाँका जो कम्युनिष्ट पार्टी र नेताहरु छन् उनिहरुले समेत हाम्रो समाजको मौलिक विशेषतालाई पक्डदै कम्युनिष्ट आन्दोलनलाई ठिक ढङगले विकास गर्न सकिरहेका छैनन् । यदि ब्रार्णमण व्यवस्थाको अन्त्य कसरी गर्ने भन्ने बारे  यहाँको सभ्यताको विकासको इतिहासमा यो वर्गको ऐतिहासिक भौतिकवादी सिद्धान्तको आधारमा मूल्याङकन नगर्ने हो भने समाजवादी राज्यसत्ताको स्थापना पछि पनि यो लडाई फेरी लडनुपर्ने हुनसक्छ, यसबारे सम्यक दृष्टि निर्माण हुन नसक्नु तेस्रो समस्या हो । नेपालमा दलाल पूँजीवादी उत्पादनसम्बन्धका कारण सबैभन्दा बढी कोहि बेदखल भैरहेको छ भने दलितहरु नै छन् । उनिहरुका परम्परागत सिप, कला र ज्ञान तथा अनुभवहरुलाई आयातित वस्तु, प्रविधि र पूँजीले निलिरहेको छ । यो समस्या भनेको दलितहरुलाई दुई चार ओटा कुखुरा, बाख्रापालन गर्न लगाएर हल हुने समस्या होइन, यो अन्ततः र सारतः दलाल पूँजीवादको अन्त्य र राष्ट्रिय पूँजीको निर्माणसँग अभिभाज्य रुपमा जोडिएको समस्या हो । यसको दिगो समाधान समाजवादी क्रान्तिले मात्रै दिन्छ भन्ने कुराको बोध हुन नसक्नु चौथो समस्या हो । जातीय भेदभाव र छुवाछुतको समस्या दलितको मात्रै मुद्धा होइन, यो त हरेक सचेत र प्रगतिशिल नागरिकको मुद्धा हो र अन्ततः राज्यकै मामला हो । अहिले पनि राज्यको नीति निर्माण तहमा वर्णवादी सामाजिक संरचनाकै निरन्तरता देखिन्छ । यसलाई अन्त्य गर्न सबै जातजातिका उत्पीडित र अग्रगामी शक्तिहरुको एकिकृत ताकत निर्माण गर्ने अवधारणा र सोच चहिन्छ । यसलाई त्यहि स्तरमा विकास गर्न नसक्नु पाँचौ समस्या हो । नेपाल अहिले पनि विश्वका विकसित र औधोगिक देशको स्तरमा तीव्रतामा जान सक्ने प्रचुर संभावना हुँदाहुँदै पनि अझै अविकासको सामना गरिरहेको छ । यसका विभिन्न कारणमध्ये जनसङख्यको यति ठुलो हिस्सालाई परम्परा र संस्कारको नाममा अर्थतन्त्रको मुल प्रवाहबाट बन्चित गर्नु पनि एउटा कारण हो । तोकिएका पेशा भन्दा अरु पेशा गर्ने नमिल्ने, गर्न नसकिने जुन सामाजिक संरचना छ यसले पनि आर्थिक विकास र समग्र अर्थ प्रणालीमा नकारात्मक असर पारेको छ । श्रमको सम्मान होइन, श्रम गरि खानेहरु तल्लो स्तरका हुन्छन भन्ने चेतना नै विकासको प्रतिकुल कुरा हो । यो कुरा थुर्र्पै अमेरिकी युरोपियन विद्धानहरुले पनि उठान गरेका छन । यसलाई ठिक ढङगले बुझन नसक्नु छैटो समस्या हो । वर्णाश्रम जातव्यवस्थाले सबै जातिलाई उत्पीडनमा पारेको भएपनि विशेषतः दलित र महिलाहरु नै मुख्य पीडितहरु ह्ुन । लँैगिक दृष्टिले समेत वेद, पुराण, महाभारत, गिता लगायतका ग्रन्थहरुमा थुर्पै यस्ता भास्यहरु निर्माण गरिएका छन् जसले नेपालमा महिलाहरुको मुक्तिका लागि दलाल पूँजीवाद, सामन्तवाद सँगसँगै वर्णाश्रम व्यवस्था पनि बाधक रहिआएको छ । त्यसैले महिलाहरुको पूर्ण स्वतन्त्राका लागि दलित र महिलाको एकिकृत पहल र प्रयत्न अपरिहार्य छ भन्ने कुरालाई अझै स्थापित गर्न नसक्नु सातौँ समस्या हो ।

                हामीले समस्याको रुपमा माथि जे जसरी चर्चा गर्यौ यीनै प्रश्नहरु दलित आन्दोलनले अब गर्नुपर्ने कार्यभार पनि हुन ।

सन्दर्भ सामाग्रीहरु

१) सुवेदी २०७५ ः पृ २०६३

२) प्रयोगात्मक नेपाली शब्दकोश २०६३ 

३) मेघराज बराइली– आन्तरिक विभेदको वृतान्त पृ ६२

४) आहुती २०७१

५) आहुती जात वार्ता पृ ३५÷३६ मंसिर २०७७

६)  थगखब िलयजब जबचबचथ ः कबउष्भलक(ब् दचष्भा जष्कतयचथ या जगmबल पष्लम उ(ज्ञछद्द

७) प्रा. बालकृष्ण पोख्रेल–खस जातिको इतिहास पृ ३१४

८) श्याम श्रेष्ठ–सेतोपाटी ११ असार २०७८

९) अमित ढकाल –१५ असार २०७८ सेतोपाटी

१०) प्रकाश धौलाकोटी नयाँ पत्रिका–१५ असार २०६८

११) विश्वास खड्काथोकी –संश्लेषण पृ ३५ अंक १० वर्ष २ पुष २०७७

१२) रमेश सुनार– समावेशिताको वहस पृ १७७ ÷ २०७४

१३) आहुती– समता संक्षित नीति पत्र अकं ६ असार २०७३

१४) मेघराज रसाइली–आन्तरिक विभेदको वृतान्त

१५) मोहन र्बैद्य किरण–माक्र्सवाद र संस्कृति पृ १५१÷२०६६

१६) मेघराज रसाइली–आन्तरिक विभेदको वृतान्त पृ १२२

१७) उही पृ ५३

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :