अखिल (क्रान्तिकारी) दाङद्वारा निशुल्क कोरोना खोप तथा उपचारका लागि दबाबमूलक प्रदर्शन

अखिल (क्रान्तिकारी) दाङद्वारा निशुल्क कोरोना खोप तथा उपचारका लागि दबाबमूलक प्रदर्शन

दाङः नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले आज जिल्लाको घोराहीमा दबाबमूलक प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। संगठनको केन्द्रीय कार्यक्रम अनुसार निशुल्क कोरोना खोप र स्वास्थ्य उपचारका लागि दबाबमूलक प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन अखिल (क्रान्तिकारी) का निवर्तमान अध्यक्ष एवम् संगठनका राप्ती क्षेत्रीय समन्वय समिति सदस्य अनिल केसीले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै केसीले राज्यले कोरोना संक्रमित बिरामीका लागि निशुल्क खोप र स्वास्थ्य उपचार अबिलम्ब सुरु गर्न आग्रह गरे ।

राज्यको न्युनतम दायित्व हो, जनतालाई निशुल्क खोप र स्वास्थ्य उपचार प्रदान गर्नु  उनकाे भनाई थियाे । अर्को एक प्रसंगमा केसीले कोभिड महामारीमा समेत राज्य सत्ता र कुर्सीको खेलमा चुर्लुम्म डुबेको र जनताको स्वास्थ्यप्रति जिम्मेवार नभएको ठोकुवा गरे । अहिलेको राजनीतिक संकट व्यक्ति विशेषको नभई संसदीय व्यवस्थाको संकट भएको केसीको भनाइ थियो । दबाबमूलक प्रदर्शन कार्यक्रमको सहजीकरण अखिल ( क्रान्तिकारी) दाङ जिल्ला उपाध्यक्ष खुमन पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :