दलित मुक्ति मोर्चा रोल्पाले जिल्ला प्रशासनलाई ज्ञापनपत्र बुझायो

दलित मुक्ति मोर्चा रोल्पाले जिल्ला प्रशासनलाई ज्ञापनपत्र बुझायो

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल जिल्ला समिति रोल्पाले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई सम्बोधन गरिएको ज्ञापनपत्रमा सञ्चारकर्मी रुपा सुनारलाई दलित भएकै कारण कोठा भाडामा नदिने काठमाडाैँ बबरमहलकी घरधनी सरस्वती प्रधानलाई कानुनी कारवाही गर्नुको साटो शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानलाई थुनामुक्त गराई आफ्नै गाडीमा राखेर निवाससम्म पुर्याएको भन्दै उनलाई पद मुक्त गरि कारवाही गर्न माग गरिएको छ ।

साथै ज्ञापनपत्रमा राज्यले नै विभेदको संरक्षण गरेको भन्दै यस घटनाले संसदीय व्यवस्थाको मुकुण्डो च्यातिएको उल्लेख छ । आइतबार मोर्चाका जिल्ला अध्यक्ष लालबहादुर सुनारको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :