अखिल (क्रान्तिकारी) द्वारका रक्तदान

अखिल (क्रान्तिकारी) द्वारका रक्तदान

डोटी : कोरोना महामारीको कारण उत्पन्न स्वास्थ्य सङ्कटले जिल्ला अस्पतालमा निम्त्याएको रगत अभावको समस्यालाई ध्यानमा राखी अखिल (क्रान्तिकारी) ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जिल्लाको राजपुरमा आयोजित रक्तदान कार्यक्रम नेकपाका जिल्ला इन्चार्ज प्रशान्तले रक्तदान गरेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा पार्टीका जिल्ला सदस्य विद्रोही, कृष्ण बोहरा, सुशील, अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक प्रकाश कठायत, जनपत्रकार सङ्गठनका जिल्ला संयोजक जीवन, किसान सङ्गठनका जिल्ला संयोजक चन्द्र बोहरा, ट्रेड युनियनका जिल्ला संयोजक शिव नेपाली, दलित मुक्ति मोर्चाका सेते सार्की लगायत नेताकार्यकर्ता, युवा तथा विद्यार्थीहरूले रक्तदान गरेका थिए ।

रक्तदानले जिल्ला अस्पतालमा देखिएको रगत अभावलाई हल गरेको भन्दै रेड्क्रस र जिल्ला अस्पताल डोटीले आयोजक र रक्तदातालाई धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :