नेकपाले धनुषामा सरसफाई अभियान चलायो

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति धनुषाले गणेशमान चारनाथ नगरपालिकाका वडा नम्वर १ र ३ मा सरफाई अभियान संचालन गरेको छ । करिब एक सय जनाको सहभागीता रहेको उक्त सरसफाई कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा धनुषा-महोत्तरी इन्चार्ज देवनारायण शाहको उपस्थिति थियो । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शाहले दलाल संसदीय व्यवस्थाले जनतालाई वाँच्न कठिन बनाउने र केही मुठ्ठीभर दलाल नोकरशाहहरुलाई धनी बनाउने  भएकोले यो व्यवस्था जनताको पक्षमा नरहेको बताए ।

नेपाली नागरिकलाई नागरिक विहिन बनाउने षड्यन्त्र थोपरिएको भन्दै केन्द्रीय सदस्य शाहले पहुँचवाला विदेशीहरुले जतिवेला पनि सहज तरिकाले नागरिकता प्राप्त गर्न सक्ने तर नेपाली गरीव जनताले सहज तरिकाले नागरिकता प्राप्त गर्न नसक्ने अवस्था सिर्जना गरेको बताए । साथै उनले नेपालमा असफल भैसकेको दलाल संसदीय व्यवस्थाको सट्टा जनताको व्यवस्था स्थापना गर्न जनमत संग्रहमा जानुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :