सिन्धुपाल्चोकमा जनसंगठन तथा जनसेवा अभियान सुरु

सिन्धुपाल्चोकमा जनसंगठन तथा जनसेवा अभियान सुरु

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले जिल्लामा जनसंगठन तथा जनसेवा अभियान शुरु गरेको छ । असार १६ गते बसेको जिल्ला समितिको १२ औं पूर्ण बैठक तथा प्रशिक्षणले उक्त अभियानको शुरुवात गर्ने निर्णय गरेको हो । बैठकमा प्रमुख अतिथि रहेका पार्टीका केन्द्रीय सदस्य आधारले बैठकका सहभागीहरुको रिपोर्टिङ, समसामयिक राजनीतिक स्थिति र पार्टी योजनाको बारेमा प्रशिक्षित गरे । केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज प्रवीणले पनि समसामयिक बिषय र आगामी योजनाको बारेमा प्रशिक्षित गरे । बैठकले पार्टी विचार, एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा, वैज्ञानिक समाजवाद, जनमतसंग्रह, जनसंगठन, जनसंघर्ष, जनसेवा र बाढी–पहिरो पीडित जनतालाई सहयोग लगायत महत्वपूर्ण बिषयमा केन्द्रित रहेर असार १७ देखि भदौ अन्तिमसम्म ‘जनसंगठन तथा जनसेवा अभियान’ घनिभूत रूपमा सञ्चालन गरिने जिल्ला सचिव युगिनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :