नेकपा सर्लाहीका नेताकार्यकर्ता जनश्रममा व्यस्त

नेकपा सर्लाहीका नेताकार्यकर्ता जनश्रममा व्यस्त

काठमाडौँ :  नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरू देशका विभिन्न ठाउँमा जनताको घर आगनमा पुगेर जनश्रम गरिरहेका छन् । यसैबीच नेपाल कम्युनिस्ट पार्टी सर्लाहीका नेताकार्यकर्ताहरु जनश्रममा व्यस्त रहेका छन् ।

पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही-रौतहट इन्चार्ज समर, सर्लाही सेक्रेटरी कमल सुस्लिङ, युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा जनकपुर व्युरो इन्चार्ज बिचारमान थिङ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा जनकपुर व्युरो संयोजक पदम मगर ‘बिहानी’ पुर्व सेक्रेटरी जनक राउत, सिन्धुलीका पुर्ब सेक्रेटरी रबि गोले, अनेम संघ क्रान्तिकारीका जिल्ला संयोजक प्रमीला लामा राउत, मगर मुक्ति मोर्चाका जिल्ला संयोजक चेली माया मगर, मधेशी मुक्ति मोर्चाका जिल्ला संयोजक ठगाराम, अखिल नेपाल क्रान्तिकारी किसान महासंघका केन्द्रीय सदस्य किसुनदेव शर्मा, दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष राम पुकार, तामाङ मुक्ति मोर्चाका जिल्ला संयोजक मानबहादुर तामाङ लगायतका नेताकार्यकर्ताहरु जनताको श्रममा खटिएका हुन् ।

सर्लाहीका बर्थवा नगरपालिका २ मा स्थानिय जनताको घरहरुमा जनश्रममा लागेको युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा जनकपुर व्युरो इन्चार्ज विचारमान थिङले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :