कोपा अमेरिका कप फुटबलमा ब्राजिल र इक्वेडर बराबरीमा रोकियो

कोपा अमेरिका कप फुटबलमा ब्राजिल र इक्वेडर बराबरीमा रोकियो

काठमाडौँ : कोपा अमेरिका कप फुटबलमा ब्राजिल र इक्वेडरसँग बराबरीमा रोकिएको छ । पेड्रो ओलम्पिक स्टेडियममा सोमबार बिहान भएको खेलमा आयोजक ब्राजिलले इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको ३७ औँ मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए पनि ५३ औँ मिनेटमा एन्जल मिनाले गोल गर्दै इक्वेडरलाई १–१ गोलको बराबरीमा ल्याएको थियो ।

स्टार फरवार्ड नेयमारबिना पनि ब्राजिल समूह ‘बी’ को समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । समूह चरणमा अपराजित ब्राजिलको ४ खेलमा १० अङ्क छ भने इक्वेडर ४ खेलमा ३ अङ्कसहित चौथो स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :