अखिल (क्रान्तिकारी) द्वारा मकवानपुरमा रक्तदान कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी) द्वारा मकवानपुरमा रक्तदान कार्यक्रम सम्पन्न

हेटौँडा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरले कोभिड १९ महामारीको कठिन परिस्थितिका बावजुत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अखिल (क्रान्तिकारी) मकवानपुरको आयोजनामा आइतबार बिहान मकवानपुर बहुमुखी क्याम्पसमा ४५ जनाले रक्तदान गरेको हो ।

विश्वव्यापी रूपमा बढ्दो कोभिड १९ महामारीमा रगत अभाव भएको हुँदा हाम्रो सङ्गठनले रगत अभावको समाधानको लागि रक्तदान कार्यक्रम आयोजना गरेको र सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालन गरिएको अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष विवेक घलानले बताए । हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज नयनले मन्तव्यको क्रममा कोभिड १९ को महामारीको बेला हामी सचेत रहनु पर्ने र मानव सेवामा लाग्नु पर्ने साथै रक्तदान कार्यक्रम प्रशंसनीय काम रहेको समेत बताए ।

अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष विवेक घलान ‘अनिल’ को सभाध्यक्षमा जिल्ला इन्चार्ज नयनको प्रमुख आतिथ्यता, सेक्रेटरी वाटरको विशिष्ट आतिथ्यता र मकवानपुर बहमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्ययको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैगरी केन्द्रीय सामना परिवारका इन्चार्ज सरल, मकवानपुर जिल्ला पार्टीका सचिवालय सदस्य विक्रमलगायत जिल्ला सदस्यहरूको पनि आतिथ्यता रहेको थियो भने उक्त कार्यक्रम अखिल (क्रान्तिकारी) का उपाध्यक्ष ललितले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :