अखिल (क्रान्तिकारी) द्वारा कपिलवस्तुमा जातीय विभेदविरुद्ध प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा कपिलवस्तुमा जातीय विभेदविरुद्ध प्रदर्शन

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले जातीय विभेदविरुद्ध विरोध प्रदर्शन गरेको छ । काठमाडौँमा कोठा खोज्ने क्रममा सञ्चारकर्मी रुपा सुनारमाथि भएको जातीय विभेदका विरुद्ध क्रान्तिकारीले आइतबार विरोध प्रदर्शन गरेको हो ।

सबै खाले जातीय विभेद र उत्पीडनबाट मुक्त हुन अब सचेत सबै नेपाली नागरिक एक भएर लड्नुको विकल्प नहरेको भन्दै उक्त विरोध प्रदर्शन गरिएको सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले जानकारी दिए ।

अध्यक्ष क्षेत्रीले समाजमा अझैँ पनि रङका आधारमा, जातका आधारमा, कामका आधारमा विभेद रहेकाले यी सबै प्रकारका विभेदबाट मुक्त हुन आफ्नो सङ्गठन देशव्यापी रुपमा निरन्तर सङ्घर्षमा रहेको बताए । उनले रुपा सुनारमाथि जातीय विभेद गर्ने घरबेटी सरस्वती प्रधानमाथि कारबाही गर्नुको साटो शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानलाई प्रहरी चौकीबाट छुटाएर प्रसय दिने काम सरासर गलत भएको भन्दै घोर आपत्ति जनाए । उनले भने, ‘यी सबै संसदीय व्यवस्थाको उपज हुन् । यो व्यवस्थाबाट जातीय, वर्गीय मुक्ति सम्भव छैन ।’

कार्यक्रमको सञ्चालन सङ्गठनका जिल्ला सदस्य सागर विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :