देशभर नेकपाका नेता कार्यकर्ताहरू श्रमदानमा

देशभर नेकपाका नेता कार्यकर्ताहरू श्रमदानमा

झापा : नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू ‘एक सङ्गठन एक उत्पादन’ भन्ने मूल नाराका साथ यतिबेला कृषि कर्ममा व्यस्त रहेका छन् । पार्टीका महासचिव विप्लव आफैँ यतिबेला कृषि कर्ममा व्यस्त रहेका छन्, भने देशभर नेताकार्यकर्ता समेत श्रमदानमा जुटेका हुन् ।

यस्तै पुर्वको झापा र इलाममा पनि नेकपाका नेता तथा कार्यकर्ता श्रममा व्यस्त रहेका छन् । झापामा दलित मुक्ति मोर्चा नेपाल र महिला सङ्गठनले पनि श्रमदानको शुरूवात गरेको छ, भने इलाममा नेकपाका नेता तथा कार्यकर्ता अलैंची, अदुवा लगायत सामुहिक कृषि कार्यक्रममा व्यस्त रहेको नेकपा इलामले जानकारी दिएको छ ।

राजनीति पेशा र व्यवसाय नभएर समाजसेवा भएको बताउँदै हरेक सङ्गठन र राजनीतिक शक्ति उत्पादनमूखि हुनुपर्ने बताउँदै सम्पूर्ण नेता कार्यकर्ताहरू श्रममा जोडिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :