जातीय विभेदका विरुद्ध अखिल (क्रान्तिकारी) द्वारा काठमाडौँमा प्रदर्शन

जातीय विभेदका विरुद्ध अखिल (क्रान्तिकारी) द्वारा काठमाडौँमा प्रदर्शन

काठमाडौँ : जातिय विभेदका विरुद्ध नेकपा निकट अखिल (क्रान्तिकारी) ले शनिवार काठमाडौँको माइतिघर मण्डलामा प्रदर्शन गरेको छ । काठमाडौँकी युवती रुपा सुनारलाई जातिय विभेद गर्ने घरबेटीलाई कार्वाही गर्नुको सट्टा शिक्षामन्त्रीले प्रहरी चौकीबाट छुटाएको भन्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले शिक्षामन्त्री कृष्ण गोपाल विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले ‘जातीय अहंकारी शिक्षा मन्त्री राजीनामा दे, सबैखाले जातीय विभेद विरुद्व संघर्ष गरौँ’ लगायतका नाराहरु लगाउँदै रुपा सुनारलाई न्याय दिलाउन माग गरेका छन् । नाराजुलस पछि भएको कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालले राज्यले नै जातिय विभेद गरेको बताए । संचारकर्मी रुपा सुनारलाई दलित भएकै कारण बबरमहलकी घरवेटी सरस्वती प्रधानले जातीय विभेद गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । तर शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले चौकीबाट प्रधानलाई छुटाएर आफ्नै गाडीमा हालेर घर पुर्याइदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :