एकीकृत जनक्रान्तिका सहिद सनराइजको ५ औँ स्मृति दिवस मनाइयो

एकीकृत जनक्रान्तिका सहिद सनराइजको ५ औँ स्मृति दिवस मनाइयो

अछाम : नेपाल कम्युनिष्ट पार्टी अछामको आयोजनामा एकिकृत जनक्रान्तिका महान सहिद सनराइजको पाचौँ स्मृति दिवस मनाईएको छ । उक्त स्मृति दिवसको अवसर पारेर १० वर्षीय जनयुद्धका सहिद, राजबन्दी र विपन्न परिवारलाई राहत वितरण तथा सम्मान गरिएको छ । अछामको धमालीमा सम्पन्न भएको कार्यक्रममा सहिद, राजबन्दी र विपन्न परिवारलाई राहत स्वरूप चामल, तेल, मास्क लगायतका सामग्री हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रमा बोल्दै पूर्व जिल्ला सेक्रेटरी निरक बहादुर शाही (प्रतीक)ले नेपालमा दलाल संसदीय व्यवस्था असफल भएको अवस्थामा सम्पुर्ण देशभक्त शक्ति र जनशक्ति नयाँ व्यवस्थाको लागि बहसमा जानुपर्ने बताए ।

नवराज धमालाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला सदस्य सुरत विष्टले गरेका थिए भने स्वागत भाषण युवा संगठन अछामका सचिवालय सदस्य गोकर्ण विष्टले गरेका थिए । जिल्ला सदस्य तिलक बहादुर विष्ट, दलित मुक्ति मोर्चा नेपालका अछामका अध्यक्ष दिल बहादुर विक, अखिल क्रान्तिकारी अछामका कोषाध्यक्ष कमला विष्ट, जनपत्रकार संगठन नेपाल अछामका कोषाध्यक्ष कमल बिक लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको  थियाे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :