सरकारद्वारा बर्षायाममा सुकुमवासीहरूको उठीवास

सरकारद्वारा बर्षायाममा सुकुमवासीहरूको उठीवास

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति बाराले बर्षाको समयमा सुकुमबासीहरूलाई खुला आकासमुनि बस्न बाध्य बनाएको भन्दै सरकारको व्यवहार क्रुर र अमानवीय भएको बताएको छ ।

नेकपाका जिल्ला इन्चार्ज सुलभले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै यही जेठ २८ गते बाराको कोल्भी नगरपालिकाको वडा नम्बर-५ को रामवनमा विगत २० औँ वर्षदेखि बस्दै आएका भूमिहीन सुकुमबासीहरूको छाप्रोहरूमा सशस्त्र प्रहरी लगाएर आगजनी गर्नुका साथै टायलको छानोलाई पूर्णरुपले पारीदिएको भन्दै सरकारको व्यवहार अमानवीय भएको बताएका हुन् । सुलभको विज्ञप्तिमा कोल्भी नगरपालिकामा वर्षायाममा गरिएको कम्युनिस्ट नामको यो सरकारद्वारा आगो लगाएर भत्काइएका २२ वटा घरहरू तुरुन्त निर्माण गर्न माग गरिएको छ ।

जिल्ला इन्चार्ज सुलभको विज्ञप्तिमा भनिएको छ, ‘अहिलेसम्म बनेका भूमि सुधार आयोग वा सुकुमबासी आयोगहरूले आफ्नो पार्टीका नेताकार्यकर्ता, पैसाको भरमा हुकुमबासीहरूलाई जग्गा बाँड्नु, वर्षै पिच्छे राज्यको बेवास्ता, लापर्बाही, सरकार टिकाउन असन्तुलित प्राकृतिक दोहन, राज्यको गैह्रजिम्मेबारीका कारण भूमिबिहीन बन्न पुगेपछि सुकुमबासी बन्नुको मुख्यकारण वर्तमान राज्य नै हो । यस्तो दीर्घकालिन समाधान गर्नुको साटो प्रत्येक सरकार गठनसँगै बन्ने कहिले सुकुमबासी आयोग, कहिले भूमि व्यवस्थापन आयोग बनाउँदै जाने काम नै ठीक छैन ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :