नेकपा बबई गाउँपालिकाको वैठक सम्पन्न

दाङ : नेकपा दाङ जिल्लाको १० औँ पूर्ण वैठकपछि बबई गाउँपालिकाको प्रथम पुर्ण वैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । वैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले आफ्नो पार्टी वैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा दृढतापूर्वक लागिपरेको बताए । साथै उनले आफ्नो पार्टी शान्तिपूर्ण कार्यक्रम लिएर जनतामा जाँदा केही प्रतिक्रियावादीहरू अत्तालिएको बताए ।

बबई गाउँपालिका इन्चार्ज/सेक्रेटरी प्रतिरोधको अध्यक्षता तथा सञ्चालनमा भएको वैठकले २५ सदस्यीय गाउँ कमिटी चयन र वडा सेक्रेटरीको जिम्मेवारी ठोस गरेको छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी दाङले थारु अगुवा, बुद्धिजीवी दुश्यन्त चौधरीकी ममतामयी आमाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । जिल्लाको दङ्गिशरण गाउँपालिका–३ निवासी चौधरीकी ममतामयी आमा यमुनादेवी चौधरीको असार ३ गते ६४ वर्षको उमेरमा दुःखद् निधन भएको थियो । नेकपा दाङका सेक्रेटरी प्रदिप शुक्रबार मृतक चौधरीको घरमै पुगि श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :