अखिल (क्रान्तिकारी) ले जातीय विभेदका विरुद्ध काठमाडौँमा प्रर्दशन गर्दै

अखिल (क्रान्तिकारी) ले जातीय विभेदका विरुद्ध काठमाडौँमा प्रर्दशन गर्दै

काठमाडौँ : अखिल (क्रान्तिकारी) उपत्यका व्युरोले जातीय विभेदका विरुद्ध विरोध प्रदर्शन कार्यक्रम गर्ने भएको छ । क्रान्तिकारीले आज अर्थात असार १२ गते काठमाडौँको माइतीघर मण्डलामा जातीय विभेदका विरुद्ध प्रदर्शन गर्न लागेको हो ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौँमा कोठा खोज्ने क्रममा दलित समुदायकी युवती रुपा सुनारमाथि गरिएको सामाजिक विभेद झल्कने दुव्यवहारको घटना गम्भीर सामाजिक अपराध भएको भन्दै यसको विरुद्ध प्रर्दशन गर्न लागिएको बताएका छन् ।

साथै उनले विज्ञप्तिमा जातीय विभेदमा परेकी युवतीले प्रहरीमा जाहेरी दिएपछि दोषीलाई कारवाही गर्नुको साटो प्रहरी अनुसन्धानमा रहेकी सरस्वती प्रधानलाई सत्ताका बहालवाला शिक्षामन्त्रीको प्रत्यक्ष निर्देशनमा छोड्नु खेदजनक भएको बताएका छन् । क्रान्तिकारीका अध्यक्ष ढकालले सत्ता र शक्तिको दुरुपयोग गर्ने शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको राजीनामासमेत मागेका छन् । प्रेस विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :