अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घद्वारा राहत वितरण

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घद्वारा राहत वितरण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ ललितपुर जिल्ला समितिले कोरोनाका कारण समस्यामा परेका परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ । सोमबार महासङ्घले ललितपुरको भैसेपाटी क्षेत्रमा रहेका २५ घर परिवारलाई राहत वितरण गरेको हो ।

नेकपा ललितपुर जिल्ला सेक्रेटरी रमेश डङ्गोल तथा ट्रेड युनियन महासङ्घका उपत्यका समन्वय समिति संयोजक शिशिरद्वारा संयुक्त रूपमा राहत वितरण गरिएका थिए ।

उक्त कार्यक्रममा यातायातको केन्द्रीय उपाध्यक्ष लालबहादुर लामा र मजदुर जिल्ला नेता प्रवीन तामाङको पनि उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन मजदुर जिल्ला अध्यक्ष राम कुमार मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :