नेकपा रोल्पाले ५० रोपनी जग्गामा उत्पादन गर्दै

नेकपा रोल्पाले ५० रोपनी जग्गामा उत्पादन गर्दै

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी रोल्पाले जिल्लाको त्रिवेणी ६ मजुवामा तत्कालीन जनयुद्धको बेलामा नेकपा माओवादीले उत्पादन गरिरहेको जग्गामा पुनः उत्पादन गर्न लागेको छ ।

पार्टीले पछिल्लो समय उत्पादन कार्य देशभर तिब्र बनाइरहेको बेला रोल्पा पार्टीले पनि उत्पादन कार्यलाई जोड दिने हेतुले स्व.बलजीत पुन र स्व.हरिभक्त खड्काको विवादित जग्गालाई पार्टीले उपयोगमा ल्याएको छ । जसमा पार्टीका जिल्ला तहका र गाउँ कमिटी तहका नेता कार्यकर्ता तथा विभिन्न जवसका सदस्यहरूको प्रत्यक्ष उपस्थितिमा करिब ५० रोपनी जग्गामा ट्याक्टर मार्फत खनजोत गरेको छ ।

यसैगरी अन्य ठाउँमा पनि खेतीको लागि तयारी थालिएको रोल्पा पार्टी कमिटीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :