सामाजिक सुरक्षा भत्ता चोरी भएको घटनाको असुसन्धान गर : नेकपा

सामाजिक सुरक्षा भत्ता चोरी भएको घटनाको असुसन्धान गर : नेकपा

काठमाडौँ : नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं २ मा सामाजिक सुरक्षा भत्ता वितरणका लागि ल्याइएको रकम ५० लाख र करबाट प्राप्त रकम ३ लाख सहित ५३ लाख रुपैयाँ २०७७ चैत्र २४ गते राती चोरी भएको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टीले आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

नेकपाका नुवाकोट जिल्ला इन्चार्ज विन्दु र सेक्रेटरी सृजनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त चोरीको घटनामा संलग्नहरु अहिलेसम्म पनि पत्ता नलागेको र घटनाको अनुसन्धानलाई प्रभावित पार्ने खालका क्रियाकलाप भइरहेकोले उक्त कार्य बन्द गर्न तथा घटनाको सत्य, तथ्य पत्ता लगाई दोषी उपर कारवाही गर्न माग गरेका छन् ।

नेकपाले जारी गरेको प्रेस विज्ञप्तिमा त्यहाँ बृद्ध, अपाङ्ग, असहाय, एकल महिला लक्षित भत्ता चोरी भएको र उक्त घटनाको अनुसन्धान प्रभावित गर्ने काम भएकोले रकम चोरीको बहानामा भ्रष्टाचारलाई प्रसय दिने काम गरिए जनकारवाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :