कपिलवस्तुमा धान दिवस कार्यक्रम

कपिलवस्तुमा धान दिवस कार्यक्रम

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी, कपिलवस्तुले आइतबार धान दिवस कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा महासङ्घका केन्द्रीय उपाध्यक्ष कर्ण सेनले किसानका मुक्तिको लागि किसान आन्दोलनलाई थप उचाइँमा उठाउनुपर्ने बताएका छन् । उनले दलाल र माफियाहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा कपिलवस्तु जिल्ला सेक्रेटरी शेरमान, राष्ट्रिय थारू मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष सङ्घप्रसाद थारुले बोलेका थिए भने विभिन्न नेता–कार्यकर्ता तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।

महासङ्घका कपिलवस्तु जिल्ला अध्यक्ष गणेश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मङ्गल थारुले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :