अखिल (क्रान्तिकारी) कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी) कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

पोखरा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले महामारीको कठिन परिस्थितिका बाबजुद रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अखिल (क्रान्तिकारी) कास्कीको आयोजनामा आइतबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा रहेको रेडक्रस भवनको कार्यालयमा रक्तदान गरेको हो ।

बढ्दो महामारीबीच आवश्यक रगत आपूर्तिमा कमी हुन नपाओस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम शुरु गरिएको र रक्तदान कार्यक्रम सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालन गरिएको अखिल (क्रान्तिकारी) कास्कीका अध्यक्ष पुरन पुनले जानकारी दिए ।

रक्तदानमा अध्यक्ष पुरन पुन लगायत अखिल (क्रान्तिकारी) का नेता कार्यकर्ता, नेकपा केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज पुर्णजित पुन ‘उभार’, कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुली ‘बिश्वास’ र जनपत्रकार सङ्गठन नेपालका सदस्य रमाकान्त बास्तोलासहित २५ जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :