सर्लाहीमा महान् सहिद कुमार पौडेलको स्मृति सभा

सर्लाहीमा महान् सहिद कुमार पौडेलको स्मृति सभा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सर्लाही जिल्लाले प्रहरीद्वारा बिभत्सपूर्वक हत्या गरिएका तत्कालिन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको सम्झनामा स्मृति सभा सम्पन्न गरेको छ । एकीकृत जनक्रान्तिका महान् सहिद कुमार पौडेलको स्मृति सभा शनिबार सर्लाही जिल्लाको हरिवन न.पा.स्थित चार्लिकमा भब्यताका साथ सम्पन्न भएको हो ।

स्मृति सभालाई सम्बोधन गर्दै सर्लाही रौतहटका इन्चार्ज समर शाहीले सहिदप्रति र सहिद परिवारप्रति पार्टी अबका दिनमा नजिक रहँदै जाने बाचा गरेका छन् । यस्तै मन्तव्यकै क्रममा सर्लाही जिल्ला सेक्रेटरी हिमालले कुमार पौडेलसँगको बिगतका दिनहरू स्मरण गर्दै उहाँको अधुरो उद्देश्य प्राप्तिका लागि सबैले सङ्घर्ष गर्नुपर्ने बताए ।

यसैगरी सहिद तथा सहिद परिवार निकट अखिल क्रान्तिकारी सर्लाहीका संयोजक अर्पण पौडेलले कुमारले सुकुमबासी सर्वहाराकै निमित्त आफ्नो ज्यानको बलिदान दिन परेको दाबी गर्दै सहिदहरूका सपना साकार गर्नका निमित्त सहिदले छाडेका पाटाहरू र त्यसमा पनि गल्ती भएकालाई सच्याउँदै सुकुमबासीको समस्या समाधान गर्नुपर्छ अनि मात्र सहिदको आत्माले शान्ति पाउनेछ हैन भने सहिद स्मृति दिवस मनाउनुको अर्थ छैन भन्ने बताए ।

सभामा अनेम सङ्घ (क्रान्तिकारी) सर्लाही की अध्यक्ष प्रमिला राउत तथा जिल्ला सदस्य चेलीमायाले शोक मन्तव्य र अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य किसुन देव, अखिल नेपाल (क्रान्तिकारी) ट्रेड युनियनका केन्द्रीय सदस्य तथा जिल्ला सचिवालय सदस्य पदम मगर ‘विहानी’, मधेशी मुक्ति मोर्चाका केन्द्रीय सदस्य ठगाराम लगायतले फूलमाल्यार्पण गरेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला सदस्य जनक राउतले गरेका थिए ।

प्रतिगमनकारी, दलाल पुँजीवादी ओली सरकारद्वारा प्रहरी नियन्त्रणमा लिई नेपाल कम्युनिस्ट पार्टीका तत्कालिन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको २०७६ असार ५ गते बिभत्सपूर्वक हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :